
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
बागलुङ, १२ भदौ । ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित गलकोट बृहत् खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । गलकोट नगरपालिका वडा नं ३, ५ र ७ का १२ सय घरधुरीमा खानेपानीको सहज पहुँच पु¥याउन डेढ वर्षअघि आयोजना शुरु गरिएको थियो ।
सङ्घ सरकारअन्तर्गत खानेपानी मन्त्रालयको रु १७ करोड बजेटमा बन्न लागेको आयोजना आगामी दुई वर्षभित्र सक्ने लक्ष्य छ । सुरुमा वडा नं ७ मल्मको गगनपानी (क) बाट निर्माण थालिएकामा अहिले सबै ‘स्किम’मा कामले गति लिएको छ । आयोजनामा १० साना ‘स्किम’ छन् । आयोजनाका अध्यक्ष छुमबहादुर थापाका अनुसार गगनपानी (क) मा मुहान, इन्टेकसहित ३० हजारका तीन र ५० हजार लिटरको एउटा ट्याङ्की निर्माण भइसकेको छ ।
यस्तै दुई किमिमा पाइप बिछ्याउने काम पूरा भएको छ । गगनपानी (ख) मा ३० हजारका दुई र ५० हजारको एउटा ट्याङ्की बनेको छ । मुहान र इन्टेकसहित दुई हजार ५०० मिटरमा पाइप बिछ्याइ सकिएको अध्यक्ष थापाले बताउनुभयो । गगनपानी (क) बाट मल्मका अर्बेदी, कोल, गहते र सिरबारे बस्तीका बासिन्दा लाभान्वित हुनेछन् भने (ख) बाट खोलापारी, साहनीडाँडा र बतासेडाँडामा खानेपानी पुग्नेछ । वडा नं ७ मा गगनपानी (क), (ख) सहित खाल्टेपानी–टोक्री–निलापानी, खाल्टेपानी–पौडेपानी, डुन्डुरा–मल्मडाँडा, सिद्धथान–सिरबारे र चिसापानी–आँगाखेत गरी सात साना ‘स्किम’ छन् ।
अरु ‘स्किम’मा पनि मुहान, ट्याङ्की र पाइपलाइनको काम भइरहेको हो । वडा नं ३ मा पनि चार ट्याङ्की निर्माण भइसकेका छन् । सो वडामा नयाँ पँधेरा र भुके मुहानको पानीलाई आयोजनामार्फत घरघरमा वितरण गर्न लागिएको हो । त्यहाँका खसगाउँ, कोतमैदान, स्याँला, लमाइलगायतका बस्ती आयोजनाबाट लाभान्वित हुनेछन् ।
यस्तै वडा नं ५ को रुस्ती ‘स्किम’बाट हरिचौर बजारलगायत आसपासका बस्तीमा खानेपानी पु¥याइँदैछ । कोरोना महामारी र वर्षायामका बाबजुद पनि निर्माणको काम भने नरोकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीका सुपरभाइजर मणी कँडेलले बताउनुभयो ।
उहाँले पूर्वाधार तयारीसँगै खानेपानी वितरणको काम छिट्टै शुरु हुने बताउनुभयो । “सत्तरी घरधुरी जतिलाई खानेपानी वितरणका लागि सामग्री पनि आइपुगेको छ”, सुपरभाइजर कँडेलले भन्नुभयो, “वडा कार्यालय र जनप्रतिनिधिसँग समन्वय गरेर वितरणको काम अघि बढाउँछौँ ।” आयोजना कार्यालयले उपभोक्तालाई मिटर, धाराको टुटी, ‘स्ट्याण्ड’ मात्र उपलब्ध गराउने उहाँको भनाइ छ । खानेपानीको मुहान पुरानै प्रयोग गरे पनि अन्य संरचना भने पूरै नयाँ बन्ने आयोजनाका अध्यक्ष थापाले बताउनुभयो ।
गाउँभरिका मुहानलाई एकीकृत गरेर घरघरै खानेपानीका धारा पु¥याउने लक्ष्य आयोजनाले लिएको छ । रोल्पा, रुकुमदेखि आएका श्रमिक अहिले आयोजना निर्माणमा खटिएका छन् । पूर्वाधार निर्माण र खानेपानी वितरणको काम सँगसँगै हुने जनाइएको छ । बहुवर्षीय कार्यक्रम भएकाले बजेटको अभाव नहुने आयोजना कार्यालयले जनाएको छ । हालसम्म भौतिक निर्माणका काममा रु दुई करोड बढी खर्च भइसकेको छ । आयोजनामा ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमी र वितरण ‘पाइपलाइन’ ३२ किमी छ । यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्नेछन् ।
घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने राज्यको नीतिअनुसार तीनै तहका सरकारले ‘एक घर, एक धारा’ अभियान चलाएका छन् । गण्डकी प्रदेश सरकारले आगामी वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । रासस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए