
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौँ, १० भदौ । क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको नेपाली काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ ।
काँग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग राखेर बुधबारदेखि सुरु भएको अनशन आज पनि जारी रहेको हो । पार्टीका संस्थापन इतरपक्षका जिल्ला सभापतिले सो माग गर्नुभएको हो । अनशनमा तनहुँका सभापति वैकुण्ठ न्यौपाने, सुर्खेतका कमलराज रेग्मी, डोल्पाका अगदकुमार बुढा, नेविसङ्घका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं र नेविसङ्घका पूर्वमहामन्त्री मनोजमणि आचार्य बस्नुभएको छ ।
सोमबार राति काँग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ््ग्याइ अन्तिम रुप दिइएको थियो । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको थियो ।
काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असोज ५ गते हुनेछ ।
यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने गरी कार्यतालिका तय गरेको छ ।
चाँडो क्रियाशील सदस्यता सार्वजनिक
यसैबीच रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सहमतिमा काँग्रेसको अधिवेशन हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले चाँडो क्रियाशील सदस्यता सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्ने बताउनुभयो । “हामीले महाधिवेशन भाँड्न खोजेका होइनौँ, तत्काल क्रियाशील सदस्यताको नाम सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्छ”, उहाँले भन्नुभयो । काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यताको कुरालाई झिकेर बखेडा झिक्न नहुने बताउनुभयो । उहाँले अनशनभन्दा पनि महाधिवेशन अहिलेको प्राथमिकता भएको बताउनुभयो ।
काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले मतदाता नामावली प्रकाशन गरेरमात्र अधिवेशनमा जानुपर्ने बताउनुभयो । उहाँले जिल्लाबाट विधिसम्मत ढङ्गले आएका क्रियाशील सदस्यतालाई मान्यता दिएर अधिवेशनमा जानुपर्ने धारणा राख्नुभयो ।
काँग्रेस धादिङका सभापति रमेश धमलाले क्रियाशील सदस्यतालाई सार्वजनिक नगरेकाले आफूहरु बाध्य भएर रिले अनशनमा बस्नुपरेको बताउनुभयो । छिटोभन्दा छिटो क्रियाशील सदस्यतालाई सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्ने उहाँको भनाइ थियो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई