
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
काठमाडौँ, १० भदौ । क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको नेपाली काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ ।
काँग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग राखेर बुधबारदेखि सुरु भएको अनशन आज पनि जारी रहेको हो । पार्टीका संस्थापन इतरपक्षका जिल्ला सभापतिले सो माग गर्नुभएको हो । अनशनमा तनहुँका सभापति वैकुण्ठ न्यौपाने, सुर्खेतका कमलराज रेग्मी, डोल्पाका अगदकुमार बुढा, नेविसङ्घका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं र नेविसङ्घका पूर्वमहामन्त्री मनोजमणि आचार्य बस्नुभएको छ ।
सोमबार राति काँग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ््ग्याइ अन्तिम रुप दिइएको थियो । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको थियो ।
काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असोज ५ गते हुनेछ ।
यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने गरी कार्यतालिका तय गरेको छ ।
चाँडो क्रियाशील सदस्यता सार्वजनिक
यसैबीच रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सहमतिमा काँग्रेसको अधिवेशन हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले चाँडो क्रियाशील सदस्यता सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्ने बताउनुभयो । “हामीले महाधिवेशन भाँड्न खोजेका होइनौँ, तत्काल क्रियाशील सदस्यताको नाम सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्छ”, उहाँले भन्नुभयो । काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यताको कुरालाई झिकेर बखेडा झिक्न नहुने बताउनुभयो । उहाँले अनशनभन्दा पनि महाधिवेशन अहिलेको प्राथमिकता भएको बताउनुभयो ।
काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले मतदाता नामावली प्रकाशन गरेरमात्र अधिवेशनमा जानुपर्ने बताउनुभयो । उहाँले जिल्लाबाट विधिसम्मत ढङ्गले आएका क्रियाशील सदस्यतालाई मान्यता दिएर अधिवेशनमा जानुपर्ने धारणा राख्नुभयो ।
काँग्रेस धादिङका सभापति रमेश धमलाले क्रियाशील सदस्यतालाई सार्वजनिक नगरेकाले आफूहरु बाध्य भएर रिले अनशनमा बस्नुपरेको बताउनुभयो । छिटोभन्दा छिटो क्रियाशील सदस्यतालाई सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्ने उहाँको भनाइ थियो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए