
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
अशोक पहाडी
रौतहट, ५ भदौं । प्रहरीकै संलग्नतामा रौतहटका एक पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाइएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको उपस्थितिमै पत्रकारको मोटरसाइकलमा नाइट्राभेट नामको लागुऔषध राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीको संलग्नता खुलेको हो।
मोटरसाइकलमा लागुऔषध लुकाउन असइ यादव र जवान साहले स्थानीय दुई युवालाई प्रयोग गरेको देखिन्छ । यादव जिप्रकाका घुमुवा प्रहरी हुन् । गत ३२ साउनमा प्रहरीले स्थानीय अनलाइनका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध ‘नाइट्राभेट’सहित पक्राउ गरेको थियो । उनी चढेको मोटरसाइकलबाट प्रहरीले सो लागुऔषध बरामद गरेको थियो। उनीसँगै राजपुर नगरपालिका–७ का शेख गुलाब अतिउल्लाहलाई पनि सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
तर, शनिबार सार्वजनिक भएको फुटेजमा पक्राउ पर्नुभन्दा केही समयअघि पत्रकार र उनका साथी होटेलमा खाजा खान पसेका वेला असइ यादव र जवान साहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागुऔषध लुकाउँदै गरेको देखिएको छ। सिसिटिभी फुटेज बाहिरिएपछि प्रहरीले मोटरसाइकलमा लागुऔषध राख्ने धिरज यादव र जितेश यादवलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीलाई भने नियन्त्रमा लिइएको छैन।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायणप्रसाद चिमौरियाले भिडियोमा देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए। प्रहरीको संलग्नताबारे भने उनले तत्काल कुनै प्रतिक्रिया दिन नसक्ने बताए।
यसैबीच, पत्रकार महासंघ रौतहटले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने दुवै प्रहरीलाई कडा कारबाहीको माग गरेको छ। महासंघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाले शनिबार विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई निलम्बन गरी नियन्त्रणमा लिएर कारबाहीअघि बढाउन माग गरेका छन्।
पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले केन्द्रीयस्तरको जाँच हुनुपर्ने माग गर्दै फसाइएका दुवै पत्रकारलाई तत्काल रिहाइ गर्न आग्रह गरेका छन्। केही दिनअघि पत्रकार मोजिबुल्लाहले घुमुवा असइ यादवका गलत क्रियाकलापबारे अनलाइनमा समाचार लेखेका थिए। त्यही रिसइबी साँध्न नियोजित रूपमा उनलाई लागुऔषध कारोबारमा फसाउन खोजिएको रौतहटका पत्रकारहरूले आशंका गरेका छन् । समाचार साभार नयाँ पत्रिका दैनिक
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई