
१प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
२अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
३न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
४आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
५पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
८पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
९पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
१०‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
११पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
गण्डकी, ५ भदौ । डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्फ लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो ।
कोरोना कहरसंगै मुलुकमा व्यवसायिक पशुपालक कृषकको संख्या बढेको कारण बन नर्सरीमा उत्पादित राईखनियो, वडहर, टाँकी, इपिलइपिल, लगायतका एक लाख ५० हजार डाँलेघाँसका विरुवा निःशुल्क वितरण गरिएको डिभिजन बन अधिकृत केदार बरालले जानकारी दिनुभयो ।
चालू आर्थिक बर्षमा घाँस र फलफुलका विरुवाको माग लिएर आउने अधिकाँश युवा वर्ग रहेको बताउँदै उहाँले विदेशबाट फर्केका युवाको व्यवसायिक बाख्रापालनतर्पm आकर्षण बढेसंगै डाँलेघाँसका विरुवाको माग बढेको बताउनुभयो ।
“विगतमा डिभिजन बन कार्यालयद्धारा महेन्द्रगुफामा स्थापना गरि सञ्चालन गर्दै आएको बन नर्सरीमा उत्पादित विरुवा मात्र वितरण गरिदै आएको थियो” उहाँले भन्नुभयो, “यस बर्ष भने गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको थप दुई लाख रुपैया आर्थिक सहयोगले चारवटा नर्सरीबाट उत्पादित विरुवा कृषकलाई वितरण भई रहेको छ ।”
विरुवा उत्पादनका लागि प्रत्येक नर्सरीलाई ५० हजार रुपैयाका दरले उपलव्ध गराईएको थियो । वन नर्सरीहरुमा विरुवा उत्पादन गर्नका लागि आवश्यक झाडी सरसफाई, पोलिथिन व्याग भर्ने, गोडमेल गर्ने कार्यमा छ महिनाका लागि ठूलै संख्याले रोजगार समेत प्राप्त गर्दै आएका छन् ।
डिभिजन बन कार्यालय कास्कीको बटुलेचौरसंगै बन विज्ञान अध्ययन संस्थान, पोखरा महानगरपालिका वडा नं. ३० खुदीस्थित लेखनाथ सव डिभिजन वन कार्यालय, रानीवन र कुँडहर सव डिभिजन बन कार्यालय परिसरमा स्थापित नर्सरीमा डाँलेघाँस लगायत, फलफुल तथा जडिवुटी र काठको लागि उपयोगि बिभिन्न जातका तीन लाख १८ हजार विरुवा उत्पादन गरि वितरण गरिएको अधिकृत बरालको भनाई छ ।
डिभिजन वन कार्यालयद्धारा स्थापना गरि सञ्चालनमा आएको पोखरा १६ बाटुलेचौरको नर्सरीमा अत्याधुनिक प्रविधि सहितको तापानुकुलित हाईटेक निर्माण गरिएको छ । हाइटेक भित्र उमारिएका विरुवा दुई पाते भएपछि पोलिथिन व्यागमा राखेर बाहिर प्लाष्टिकको छहारीमा राखेर हुर्काउने व्यवस्था मिलाईएको छ । हाईटेक भित्र लगाईएको विउ ७० प्रतिशत भन्दा बढी उम्रने गरेको छ ।
लेखनाथ सव–डिभिजन बन कार्यालयका सहायक बन अधिकृत रामबहादुर विश्वकर्माका अनुसार नर्सरीमा जडिवुटी प्रजातिका कुरीलो,लेजपात, हर्रो, बर्रो,अमला लगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राईखनियो, इपिलइपिल, नास्पति,हलुवावेद, अम्वा लगायतका ४० हजार विरुवा उत्पादन गरेर निशुल्क वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ३० द्धारा उपलव्ध गराईएको दुई रोपनी सार्वजनिक जग्गामा यसै बर्ष स्थापना गरि सञ्चालनमा आएको वन नर्सरीमा सबै भन्दा बढी डालेघाँसका विरुवाको माग भएको उहाँको भनाईछ ।
नर्सरीमा केही अन्य विरुवा अहिले पनि रहेका भएपनि राईखनियो लगायतका डाँलेघाँसका विरुवा माग भए अनुसारको किसानलाई पु¥याउन नसकिएको अधिकृत विकले रासससंग गुनासो सुनाउनुभयो ।
सव डिभिजन बन कार्यालय कुँडहर र रानीवनमा सञ्चालन गरिएको नर्सरीमा ३०।३० हजार र वन विज्ञान अध्ययन संस्थानको नर्सरीमा सात हजार राईखनियो सहित बिभिन्न प्रजातिका ५० हजार विरुवा उत्पादन गरिएको सहायक वन अधिकृत ममता गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोनाको कारण यस बर्ष कास्की जिल्लामा विभिन्न पर्व तथा लायन्स क्लवहरुले समेत विगतको तुलनामा बृक्षारोपण कार्यक्रम खासै नभएको कारण अन्य विरुवाको तुलनामा बाख्रा फर्मबाट बढी डाँलेघाँसका विरुवाको माग आएको हो ।
संघ सरकारकारमार्पmत दुई लाख ४८ हजार ३३३ वटा विरुवा उत्पादनका लागि ३८ लाख रुपैया ससर्त अनुदान र गण्डकी प्रदेश सरकारबाट ६५ हजार विरुवा उत्पादनका लागि १२ लाख रुपैया प्राप्त भएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत कमल लम्सालले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संङक्रमण बढेसंगै व्यापार व्यवसाय थप्प भएपछि गाउँफर्कने र विदेशबाट फर्केकाको रोजाई गाउँको बाँझीएको जग्गामा डाँलेघाँस लगाउने र पशुपालन गर्नेतर्पm उन्मुख भएको कारण विरुवाको माग बढेको सरोकारवालाको सामुहिक भनाई छ । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ