
१पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
२अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
३श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
४भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
७पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
८पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
९आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
गण्डकी, ५ भदौ । डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्फ लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो ।
कोरोना कहरसंगै मुलुकमा व्यवसायिक पशुपालक कृषकको संख्या बढेको कारण बन नर्सरीमा उत्पादित राईखनियो, वडहर, टाँकी, इपिलइपिल, लगायतका एक लाख ५० हजार डाँलेघाँसका विरुवा निःशुल्क वितरण गरिएको डिभिजन बन अधिकृत केदार बरालले जानकारी दिनुभयो ।
चालू आर्थिक बर्षमा घाँस र फलफुलका विरुवाको माग लिएर आउने अधिकाँश युवा वर्ग रहेको बताउँदै उहाँले विदेशबाट फर्केका युवाको व्यवसायिक बाख्रापालनतर्पm आकर्षण बढेसंगै डाँलेघाँसका विरुवाको माग बढेको बताउनुभयो ।
“विगतमा डिभिजन बन कार्यालयद्धारा महेन्द्रगुफामा स्थापना गरि सञ्चालन गर्दै आएको बन नर्सरीमा उत्पादित विरुवा मात्र वितरण गरिदै आएको थियो” उहाँले भन्नुभयो, “यस बर्ष भने गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको थप दुई लाख रुपैया आर्थिक सहयोगले चारवटा नर्सरीबाट उत्पादित विरुवा कृषकलाई वितरण भई रहेको छ ।”
विरुवा उत्पादनका लागि प्रत्येक नर्सरीलाई ५० हजार रुपैयाका दरले उपलव्ध गराईएको थियो । वन नर्सरीहरुमा विरुवा उत्पादन गर्नका लागि आवश्यक झाडी सरसफाई, पोलिथिन व्याग भर्ने, गोडमेल गर्ने कार्यमा छ महिनाका लागि ठूलै संख्याले रोजगार समेत प्राप्त गर्दै आएका छन् ।
डिभिजन बन कार्यालय कास्कीको बटुलेचौरसंगै बन विज्ञान अध्ययन संस्थान, पोखरा महानगरपालिका वडा नं. ३० खुदीस्थित लेखनाथ सव डिभिजन वन कार्यालय, रानीवन र कुँडहर सव डिभिजन बन कार्यालय परिसरमा स्थापित नर्सरीमा डाँलेघाँस लगायत, फलफुल तथा जडिवुटी र काठको लागि उपयोगि बिभिन्न जातका तीन लाख १८ हजार विरुवा उत्पादन गरि वितरण गरिएको अधिकृत बरालको भनाई छ ।
डिभिजन वन कार्यालयद्धारा स्थापना गरि सञ्चालनमा आएको पोखरा १६ बाटुलेचौरको नर्सरीमा अत्याधुनिक प्रविधि सहितको तापानुकुलित हाईटेक निर्माण गरिएको छ । हाइटेक भित्र उमारिएका विरुवा दुई पाते भएपछि पोलिथिन व्यागमा राखेर बाहिर प्लाष्टिकको छहारीमा राखेर हुर्काउने व्यवस्था मिलाईएको छ । हाईटेक भित्र लगाईएको विउ ७० प्रतिशत भन्दा बढी उम्रने गरेको छ ।
लेखनाथ सव–डिभिजन बन कार्यालयका सहायक बन अधिकृत रामबहादुर विश्वकर्माका अनुसार नर्सरीमा जडिवुटी प्रजातिका कुरीलो,लेजपात, हर्रो, बर्रो,अमला लगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राईखनियो, इपिलइपिल, नास्पति,हलुवावेद, अम्वा लगायतका ४० हजार विरुवा उत्पादन गरेर निशुल्क वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ३० द्धारा उपलव्ध गराईएको दुई रोपनी सार्वजनिक जग्गामा यसै बर्ष स्थापना गरि सञ्चालनमा आएको वन नर्सरीमा सबै भन्दा बढी डालेघाँसका विरुवाको माग भएको उहाँको भनाईछ ।
नर्सरीमा केही अन्य विरुवा अहिले पनि रहेका भएपनि राईखनियो लगायतका डाँलेघाँसका विरुवा माग भए अनुसारको किसानलाई पु¥याउन नसकिएको अधिकृत विकले रासससंग गुनासो सुनाउनुभयो ।
सव डिभिजन बन कार्यालय कुँडहर र रानीवनमा सञ्चालन गरिएको नर्सरीमा ३०।३० हजार र वन विज्ञान अध्ययन संस्थानको नर्सरीमा सात हजार राईखनियो सहित बिभिन्न प्रजातिका ५० हजार विरुवा उत्पादन गरिएको सहायक वन अधिकृत ममता गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोनाको कारण यस बर्ष कास्की जिल्लामा विभिन्न पर्व तथा लायन्स क्लवहरुले समेत विगतको तुलनामा बृक्षारोपण कार्यक्रम खासै नभएको कारण अन्य विरुवाको तुलनामा बाख्रा फर्मबाट बढी डाँलेघाँसका विरुवाको माग आएको हो ।
संघ सरकारकारमार्पmत दुई लाख ४८ हजार ३३३ वटा विरुवा उत्पादनका लागि ३८ लाख रुपैया ससर्त अनुदान र गण्डकी प्रदेश सरकारबाट ६५ हजार विरुवा उत्पादनका लागि १२ लाख रुपैया प्राप्त भएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत कमल लम्सालले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संङक्रमण बढेसंगै व्यापार व्यवसाय थप्प भएपछि गाउँफर्कने र विदेशबाट फर्केकाको रोजाई गाउँको बाँझीएको जग्गामा डाँलेघाँस लगाउने र पशुपालन गर्नेतर्पm उन्मुख भएको कारण विरुवाको माग बढेको सरोकारवालाको सामुहिक भनाई छ । रासस
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ