News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

अभियान क्लबद्वारा फुटट्रयाक वरिपरि वृक्षारोपण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट स्थित नवनिर्मित फुटट्रयाक वरिपरि सुन्दरताका लागि भन्दै अभियान युवा क्लवले वृक्षरोपण गरेको छ । सराङकोट भ्यु टावरबाट करिब ४ सय मिटर पश्चिमतर्फ दुई दैले सामुदायिक वन उपभोक्ता समितिसँगको समन्वयमा क्लवले सुन्दरता दिने वृक्षहरु सारिएको हो ।

क्लवका अध्यक्ष राजु गिरीले वृक्षरोपणसँगै यसको संरक्षण आवश्यक रहेको बताए । फुटट्रयाकमा हिड्ने पैदलयात्रीलाई स्वच्छ वातावरणका साथमा सकारात्मक उर्जा प्राप्त हुने भन्दै सुन्दरता दिने वृक्ष सारिएको उनको भनाई थियो । वृक्षहरुको मलजल तथा संरक्षण गरि हुर्काउने जिम्मेवारीमा सबै लाग्न अनुरोध समेत क्लव अध्यक्ष गिरीले गरे ।

त्यस्तै दुई दैले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहन बहादुर थापाले उक्त फुटट्रयाकलाई अझ व्यवस्थित गरि संरक्षण गरिने बताए । क्लवले उक्त फुटट्रयाक वरिपरि ८० वटा सुन्दरता दिने विरुवा सारेको हो ।

त्यसैगरी कार्यक्रम संयोजक राजेन्द्र खत्रीले वृक्षरोपणमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै क्लव समाज सेवाका लागि लागिरहेको जानकारी दिए । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष मोहनबहादुर केसी तथा दुई दैले सामुदायिक वन उपभोक्ता समितिका सचिव शुसिल जिसीले वृक्षको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव मुक्त गिरीले गरेका थिए ।