
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत आज सोमबार चितवन प्रदर्शनी केन्द्रमा हुने भनिएको बन्दसत्र प्राविधिक कारणले निर्धारित समयमा सुरु हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटिहरू सच्याउने काम जारी रहेकाले बन्दसत्र प्रभावित भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली सच्याउने प्रक्रियामा अत्यधिक चाप रहेको र सोही कार्यमा समय लागेकाले बन्दसत्र केही पछि धकेलिएको हो। रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, नामावली सच्याउने कार्यपश्चात् आजै दिउँसो १ बजेबाट औपचारिक निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ।
पूजा बास्तोलाको उम्मेदवारी घोषणा
यसैबीच, रास्वपाकी सक्रिय नेतृ पूजा बास्तोलाले पार्टीको केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। १० वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै शिक्षा, स्वास्थ्य, बालबालिका तथा समानताको पक्षमा काम गर्दै आएकी बास्तोलाले ५ वर्ष रेडियो पत्रकारितामार्फत जनसरोकारका मुद्दाहरूलाई सशक्त रूपमा उठाउँदै आएकी छन्।
पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेकी बास्तोलाले संगठन निर्माण, जनवकालत र केन्द्रीय युवा तथा खेलकुद विभागको सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेकी छन्। आफ्नो लामो अनुभव र प्रतिबद्धतालाई सुशासन र समृद्ध नेपाल निर्माणको अभियानमा केन्द्रित गर्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताएकी छन्।
निर्वाचन कार्यतालिका र प्रक्रिया
रास्वपाले सभापति रवि लामिछानेलाई सर्वसम्मत रूपमा निरन्तरता दिने तयारी गरिरहेको भए तापनि पार्टीले विधानबमोजिम निर्वाचन प्रक्रियालाई निरन्तरता दिएको छ। निर्वाचन कार्यक्रमको संशोधित तालिकाअनुसारः
अन्तिम नामावली प्रकाशनः सोमबार बिहान १० बजे।
उम्मेदवारी दर्ताः सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म।
प्रारम्भिक नामावली प्रकाशनः सोमबार बेलुका ८ बजे।
दाबी विरोध तथा फिर्ताः राति ९ बजेर १५ मिनेटसम्म उम्मेदवारी फिर्ता लिने समय।
अन्तिम नामावली प्रकाशनः सोमबार राति ११ बजे।
मौन अवधिः मंगलबार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म।
मतदानः मंगलबार बिहान ८ः३० देखि दिउँसो ३ बजेसम्म (सभापति र केन्द्रीय सदस्यका लागि)।
बन्दसत्रमा अध्यक्ष रवि लामिछानेद्वारा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, सांगठनिक तथा आर्थिक प्रतिवेदनहरू पेस हुने कार्यक्रम रहेको छ। पहिलो चरणको मतदान सकिएको दुई घण्टाभित्र परिणाम सार्वजनिक गर्ने तयारी छ भने दोस्रो चरणको मतदान (पदाधिकारी चयन) को कार्यतालिका पछि सार्वजनिक गरिनेछ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति