
१रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
३पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
४पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
५लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
८२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत आज सोमबार चितवन प्रदर्शनी केन्द्रमा हुने भनिएको बन्दसत्र प्राविधिक कारणले निर्धारित समयमा सुरु हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटिहरू सच्याउने काम जारी रहेकाले बन्दसत्र प्रभावित भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली सच्याउने प्रक्रियामा अत्यधिक चाप रहेको र सोही कार्यमा समय लागेकाले बन्दसत्र केही पछि धकेलिएको हो। रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, नामावली सच्याउने कार्यपश्चात् आजै दिउँसो १ बजेबाट औपचारिक निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ।
पूजा बास्तोलाको उम्मेदवारी घोषणा
यसैबीच, रास्वपाकी सक्रिय नेतृ पूजा बास्तोलाले पार्टीको केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। १० वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै शिक्षा, स्वास्थ्य, बालबालिका तथा समानताको पक्षमा काम गर्दै आएकी बास्तोलाले ५ वर्ष रेडियो पत्रकारितामार्फत जनसरोकारका मुद्दाहरूलाई सशक्त रूपमा उठाउँदै आएकी छन्।
पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेकी बास्तोलाले संगठन निर्माण, जनवकालत र केन्द्रीय युवा तथा खेलकुद विभागको सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेकी छन्। आफ्नो लामो अनुभव र प्रतिबद्धतालाई सुशासन र समृद्ध नेपाल निर्माणको अभियानमा केन्द्रित गर्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताएकी छन्।
निर्वाचन कार्यतालिका र प्रक्रिया
रास्वपाले सभापति रवि लामिछानेलाई सर्वसम्मत रूपमा निरन्तरता दिने तयारी गरिरहेको भए तापनि पार्टीले विधानबमोजिम निर्वाचन प्रक्रियालाई निरन्तरता दिएको छ। निर्वाचन कार्यक्रमको संशोधित तालिकाअनुसारः
अन्तिम नामावली प्रकाशनः सोमबार बिहान १० बजे।
उम्मेदवारी दर्ताः सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म।
प्रारम्भिक नामावली प्रकाशनः सोमबार बेलुका ८ बजे।
दाबी विरोध तथा फिर्ताः राति ९ बजेर १५ मिनेटसम्म उम्मेदवारी फिर्ता लिने समय।
अन्तिम नामावली प्रकाशनः सोमबार राति ११ बजे।
मौन अवधिः मंगलबार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म।
मतदानः मंगलबार बिहान ८ः३० देखि दिउँसो ३ बजेसम्म (सभापति र केन्द्रीय सदस्यका लागि)।
बन्दसत्रमा अध्यक्ष रवि लामिछानेद्वारा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, सांगठनिक तथा आर्थिक प्रतिवेदनहरू पेस हुने कार्यक्रम रहेको छ। पहिलो चरणको मतदान सकिएको दुई घण्टाभित्र परिणाम सार्वजनिक गर्ने तयारी छ भने दोस्रो चरणको मतदान (पदाधिकारी चयन) को कार्यतालिका पछि सार्वजनिक गरिनेछ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव