
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ३ साउन । पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका परिवारमध्ये अधिकांशको अन्यत्रै घरजग्गा रहेको तथ्य सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाद्वारा गठित छानबिन समितिको प्रतिवेदनअनुसार बसपार्कको जग्गामा बसोबास गरिरहेकामध्ये २ सय २० परिवारको अन्यत्रै घरजग्गा रहेको पाइएको हो ।
महानगरपालिकाका सूचना अधिकारी एवं छानबिन समितिका संयोजक कृष्ण तिवारीका अनुसार बसपार्क क्षेत्रमा बसोबास गर्ने कुल परिवारमध्ये २ सय ९९ परिवार मात्र वास्तविक भूमिहीन सुकुम्वासीका रूपमा पहिचान भएका छन् । सुरुमा २ सय ३३ परिवारको अन्यत्र घरजग्गा रहेको भनिए पनि थप अध्ययनका क्रममा १३ परिवार सुकुम्वासी नै रहेको पुष्टि भएपछि अन्यत्र घरजग्गा हुनेको संख्या २ सय २० कायम भएको उनले जानकारी दिए ।
समितिको प्रतिवेदनअनुसार सुकुम्वासी, भूमिहीन वा अव्यवस्थित बसोबासीका नाममा निवेदन दिएका ५५ परिवारको हकमा भने फरक अवस्था देखिएको छ । निवेदन दिएका उनीहरूको बसपार्क क्षेत्रमा जग्गा वा पसल देखिए पनि फिल्डमा बसोबास नभएको पाइएको छ । कुल ५ सय ७४ जनाले निवेदन दिएकामा एक जनाको विवरणमा त्रुटि देखिएपछि ५ सय ७३ जनाको निवेदनमा छानबिन गरिएको थियो । अन्यत्र घरजग्गा देखिएका परिवारलाई के गर्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।
महानगरपालिकाले सुकुम्वासीका रूपमा पहिचान भएका परिवारको व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । वास्तविक सुकुम्वासीका लागि जग्गा पहिचान गर्न छुट्टै समिति गठन गरिएको छ भने उक्त समितिले सम्भावित सरकारी वा सार्वजनिक जग्गाको खोजी गरी महानगरलाई सिफारिससमेत गरिसकेको छ । पहिचान भएका सुकुम्वासीलाई जग्गा व्यवस्थापन गरेपछि वडा, महानगर हुँदै सुकुम्वासी समस्या समाधान आयोगको सिफारिसमा मालपोत कार्यालयमार्फत लालपुर्जा दिने प्रक्रिया अगाडि बढाइनेछ ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गा २०३१ सालमा २ सय ५ रोपनी अधिग्रहण गरिएको थियो । विभिन्न समयमा जग्गा बिक्री, साटफेर र अतिक्रमणका कारण हाल सो जग्गा २६ रोपनीमा मात्र सीमित हुन पुगेको छ ।
यसैबीच, महानगरपालिकाले बसपार्क निर्माण प्रक्रियालाई तीव्रता दिएको छ । मेयर धनराज आचार्यका अनुसार महानगरले अहिलेसम्म बसपार्क क्षेत्रका ५ सय २० वटा अनधिकृत संरचनाहरू हटाइसकेको छ । छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै महानगरले सात दिनभित्र दाबी विरोध गर्न सम्बन्धित सबैलाई आह्वान गरेको छ । बसपार्कको जग्गामा भएको भनिएको चलखेलको अनुसन्धान गर्न पूर्व न्यायाधीश शंकर बरालको संयोजकत्वमा छुट्टै समिति गठन गरी छानबिन प्रक्रियासमेत अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा