
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
जनकपुरधाम, २५ असार । सरकारसँग भएका पूर्वसहमतिहरू कार्यान्वयन नभएको भन्दै मिटरब्याज पीडितहरूले पुनः सडक संघर्ष सुरु गरेका छन्। ‘मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन नेपाल’को ब्यानरमा देशभरका पीडितहरूले बिहीबार जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौँ केन्द्रित तेस्रो चरणको पैदल मार्च सुरु गरेका हुन्।
आन्दोलनको औपचारिक सुरुवात गर्दै पीडितहरूले फर्जी तमसुक र मसाल जलाएर राज्यको ध्यानाकर्षण गराएका छन्। पैदल मार्च सुरु गर्नुअघि आयोजित सभालाई सम्बोधन गर्दै किसान-मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाले यो पटकको संघर्ष निर्णायक हुने दाबी गरे। ‘सरकारसँग चार पटकसम्म सहमति भइसकेको छ, तर कार्यान्वयनको पाटो निकै फितलो रह्यो। हाम्रा मागहरू सम्बोधन नभएसम्म यो संघर्ष रोकिने छैन,’ उनले भने।
यस पटकको पैदल मार्चमा हाल ३५ जिल्लाका ४०० भन्दा बढी पीडितहरू सहभागी छन्। नवलपरासी, सर्लाही लगायतका जिल्लाबाट आएका पीडितहरूले आफूले लिएको ऋणभन्दा तेब्बर बढी रकम चुक्ता गरिसक्दा पनि साहुको ज्यादती र अदालतका मुद्दाले उठिबास लगाएको गुनासो पोखेका छन्।
जनकपुरमा जम्मा भएका पीडितहरूले आन्दोलन अवधिभरको बस्ने र खाने खर्चसमेत आफैं संकलन गरिरहेका छन्। उनीहरू बढीमा १५ दिनभित्र काठमाडौँ पुग्ने तालिका रहेको जनाएका छन्। बाटोमा थप पीडितहरू जोडिने क्रम जारी रहने र काठमाडौँ पुग्दा आन्दोलनले थप ठूलो रूप लिने आयोजकको भनाइ छ।
पीडितहरूले फर्जी लिखत खारेज गर्नुपर्ने, मिटरब्याज विरुद्ध शक्तिशाली विशेष ऐन निर्माण गरिनुपर्ने, छुट्टै न्यायधिकरणको गठन गर्नुपर्ने र सुदखोरहरूको सम्पत्ति छानबिन गरी पीडितलाई फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्।
यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न विभिन्न आयोग र कार्यदल गठन गरे पनि समस्याको जरो उखेलिन सकेको छैन। गत फागुन २९ गते तत्कालीन सरकार र पीडित पक्षबीच भएको ४ बुँदे सहमति समेत कार्यान्वयन नभएपछि पीडितहरू पुनः सडकमा आउन बाध्य भएका हुन्।
आन्दोलनकारीहरूले सरकारले समयमै ठोस पहल नगरे काठमाडौँमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। पटक-पटकको आश्वासनबाट आजित बनेका पीडितहरू यस पटक भने ‘छिनोफानो’ नभई नफर्कने अडानमा देखिन्छन्।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति