
१३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
२वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
३गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
४पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
जनकपुरधाम, २५ असार । सरकारसँग भएका पूर्वसहमतिहरू कार्यान्वयन नभएको भन्दै मिटरब्याज पीडितहरूले पुनः सडक संघर्ष सुरु गरेका छन्। ‘मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन नेपाल’को ब्यानरमा देशभरका पीडितहरूले बिहीबार जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौँ केन्द्रित तेस्रो चरणको पैदल मार्च सुरु गरेका हुन्।
आन्दोलनको औपचारिक सुरुवात गर्दै पीडितहरूले फर्जी तमसुक र मसाल जलाएर राज्यको ध्यानाकर्षण गराएका छन्। पैदल मार्च सुरु गर्नुअघि आयोजित सभालाई सम्बोधन गर्दै किसान-मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाले यो पटकको संघर्ष निर्णायक हुने दाबी गरे। ‘सरकारसँग चार पटकसम्म सहमति भइसकेको छ, तर कार्यान्वयनको पाटो निकै फितलो रह्यो। हाम्रा मागहरू सम्बोधन नभएसम्म यो संघर्ष रोकिने छैन,’ उनले भने।
यस पटकको पैदल मार्चमा हाल ३५ जिल्लाका ४०० भन्दा बढी पीडितहरू सहभागी छन्। नवलपरासी, सर्लाही लगायतका जिल्लाबाट आएका पीडितहरूले आफूले लिएको ऋणभन्दा तेब्बर बढी रकम चुक्ता गरिसक्दा पनि साहुको ज्यादती र अदालतका मुद्दाले उठिबास लगाएको गुनासो पोखेका छन्।
जनकपुरमा जम्मा भएका पीडितहरूले आन्दोलन अवधिभरको बस्ने र खाने खर्चसमेत आफैं संकलन गरिरहेका छन्। उनीहरू बढीमा १५ दिनभित्र काठमाडौँ पुग्ने तालिका रहेको जनाएका छन्। बाटोमा थप पीडितहरू जोडिने क्रम जारी रहने र काठमाडौँ पुग्दा आन्दोलनले थप ठूलो रूप लिने आयोजकको भनाइ छ।
पीडितहरूले फर्जी लिखत खारेज गर्नुपर्ने, मिटरब्याज विरुद्ध शक्तिशाली विशेष ऐन निर्माण गरिनुपर्ने, छुट्टै न्यायधिकरणको गठन गर्नुपर्ने र सुदखोरहरूको सम्पत्ति छानबिन गरी पीडितलाई फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्।
यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न विभिन्न आयोग र कार्यदल गठन गरे पनि समस्याको जरो उखेलिन सकेको छैन। गत फागुन २९ गते तत्कालीन सरकार र पीडित पक्षबीच भएको ४ बुँदे सहमति समेत कार्यान्वयन नभएपछि पीडितहरू पुनः सडकमा आउन बाध्य भएका हुन्।
आन्दोलनकारीहरूले सरकारले समयमै ठोस पहल नगरे काठमाडौँमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। पटक-पटकको आश्वासनबाट आजित बनेका पीडितहरू यस पटक भने ‘छिनोफानो’ नभई नफर्कने अडानमा देखिन्छन्।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ