
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ३ साउन । पोखराका विभिन्न स्थानमा पछिल्लो समय भइरहेका शृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा चार विदेशी नागरिकसहित नौ जनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा भएका चोरीका घटनाहरूको सूक्ष्म अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, अशोकपुर (सतह), विशेषगन्जका २३ वर्षीय राहुल निषाद र महाराष्ट्र, सोलापुरका ४० वर्षीय सोमनाथ हनुमंत जाधव रहेका छन् । त्यसैगरी, चीनको गुइझाउका ३० वर्षीय वेन जिई र शानडोङका ३७ वर्षीय वाङ ल्यानयिन रहेका छन् । साथै, नेपाली नागरिकहरूमा स्याङ्जाको चापाकोट नगरपालिका-३ का ४२ वर्षीय राजकुमार विक, कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का ५० वर्षीय खिमबहादुर क्षेत्री (राजेन्द्र के.सी.), अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का २९ वर्षीय अशोक पोखरेल, पोखरा महानगरपालिका-१६, दीपका ५१ वर्षीय केशव पाइजा मगर र बागलुङ नगरपालिका-१२ का २७ वर्षीय अनिल विक रहेका छन्।
उक्त गिरोहले पोखराका विभिन्न स्थानमा रातको समयमा चोरी गर्दै आएको खुलेको छ । विज्ञप्ति अनुसार, २०८३ असार १४ गते राति २ बजे पोखरा–१८, मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला बराबरको सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी भएको थियो। त्यस्तै, असार १७ गते राति १ बजे पोखरा–१७, छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट ०.५ तोला सुन, १ लाख ५० हजार रुपैयाँ नगद, एक थान ल्यापटप र एक थान मोबाइल चोरी भएको थियो ।
असार १६ गते राति २ बजे पोखरा–१८, भुकुन्डेस्थित गिरीधरी श्रेष्ठको घरबाट २ थान मोबाइल र १ तोला ४८ लाल सुनका गरगहना चोरी भएका थिए। त्यसैगरी, असार २३ गते राति १२ः४६ बजे पोखरा–८, ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खातमीको कोठाबाट १ थान मोबाइल र २५ हजार रुपैयाँ नगद तथा सोही रात २ः३० बजे पोखरा–६, लेकसाइडस्थित हिरामणी लामिछानेको घरबाट आइफोन मोबाइललगायतका सामान चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १ थान ल्यापटप, ९ थान मोबाइल फोन, १ थान स्मार्ट घडी र १.३१४ तोला तौल भएको ब्रासलेट बरामद गरेको छ। पक्राउ परेका सबैलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा