
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, ३ साउन । पोखराका विभिन्न स्थानमा पछिल्लो समय भइरहेका शृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा चार विदेशी नागरिकसहित नौ जनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा भएका चोरीका घटनाहरूको सूक्ष्म अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, अशोकपुर (सतह), विशेषगन्जका २३ वर्षीय राहुल निषाद र महाराष्ट्र, सोलापुरका ४० वर्षीय सोमनाथ हनुमंत जाधव रहेका छन् । त्यसैगरी, चीनको गुइझाउका ३० वर्षीय वेन जिई र शानडोङका ३७ वर्षीय वाङ ल्यानयिन रहेका छन् । साथै, नेपाली नागरिकहरूमा स्याङ्जाको चापाकोट नगरपालिका-३ का ४२ वर्षीय राजकुमार विक, कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का ५० वर्षीय खिमबहादुर क्षेत्री (राजेन्द्र के.सी.), अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का २९ वर्षीय अशोक पोखरेल, पोखरा महानगरपालिका-१६, दीपका ५१ वर्षीय केशव पाइजा मगर र बागलुङ नगरपालिका-१२ का २७ वर्षीय अनिल विक रहेका छन्।
उक्त गिरोहले पोखराका विभिन्न स्थानमा रातको समयमा चोरी गर्दै आएको खुलेको छ । विज्ञप्ति अनुसार, २०८३ असार १४ गते राति २ बजे पोखरा–१८, मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला बराबरको सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी भएको थियो। त्यस्तै, असार १७ गते राति १ बजे पोखरा–१७, छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट ०.५ तोला सुन, १ लाख ५० हजार रुपैयाँ नगद, एक थान ल्यापटप र एक थान मोबाइल चोरी भएको थियो ।
असार १६ गते राति २ बजे पोखरा–१८, भुकुन्डेस्थित गिरीधरी श्रेष्ठको घरबाट २ थान मोबाइल र १ तोला ४८ लाल सुनका गरगहना चोरी भएका थिए। त्यसैगरी, असार २३ गते राति १२ः४६ बजे पोखरा–८, ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खातमीको कोठाबाट १ थान मोबाइल र २५ हजार रुपैयाँ नगद तथा सोही रात २ः३० बजे पोखरा–६, लेकसाइडस्थित हिरामणी लामिछानेको घरबाट आइफोन मोबाइललगायतका सामान चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १ थान ल्यापटप, ९ थान मोबाइल फोन, १ थान स्मार्ट घडी र १.३१४ तोला तौल भएको ब्रासलेट बरामद गरेको छ। पक्राउ परेका सबैलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति