
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौं, १० असार । नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई र चिकित्सकको उपाधि प्राप्त नगरी गैरकानुनी रूपमा स्वास्थ्य उपचारमा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला मातातीर्थ साविक गा.वि.स. वडा नं. ७ स्थायी ठेगाना भएकी ४७ वर्षीया चेतना ए.एम. पौडेल पक्राउ परेकी छिन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मा सञ्चालित ’स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट’मा कार्यरत ४७ वर्षीय पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले असार ९ गते पक्राउ गरेको हो।
नेपाल मेडिकल काउन्सिलबाट प्राप्त उजुरी र अनुसन्धान प्रतिवेदनका आधारमा ब्युरोले प्रारम्भिक अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानबाट पौडेलले नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र नलिई आफूलाई चिकित्सकका रूपमा प्रस्तुत गर्दै बिरामीहरूको आधुनिक चिकित्सा निदान र उपचारमा संलग्न रहेको पाइएको छ। साथै, उनले बिरामीहरूलाई औषधि सिफारिस (प्रेस्क्रिप्सन) समेत गर्ने गरेको पुष्टि भएको छ।
यस विषयमा थप जानकारी दिँदै सिआइबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराले भने, ‘नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदन र उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई उनलाई नियन्त्रणमा लिइएको हो।’
पौडेललाई हाल जिल्ला अदालतबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम ‘इलाजसम्बन्धी कसुर’मा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। स्वास्थ्य सेवाजस्तो गम्भीर र संवेदनशील विषयमा अनुमतिविना उपचार कार्यमा संलग्न हुनु कानुनतः दण्डनीय कसुर मानिन्छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन