
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
पोखरा, २७ असार । कास्की जिल्ला प्रहरीले अनलाइन जुवा तथा सट्टेबाजी सञ्चालन गर्ने एक सक्रिय गिरोहलाई पक्राउ गरेको छ। प्रहरीले पोखरा महानगरपालिका वडा नं. १८ सेदीस्थित जीवन श्रेष्ठको घरबाट ८ जनालाई पक्राउ गरेको हो।
असार २६ गते बिहान ८ बजेतिर गोप्य सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो। चेकजाँच गर्दा अनलाइन गेम तथा सट्टेबाजी खेलाईरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नबिन कार्कीले जानकारी दिएका छन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा २० करोड भन्दा बढिको कारोबार भएको देखिएको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमा जिल्ला दार्चुला घर भई हाल पोखरा महानगरपालिका वडा नं. १८ सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा, भारतको भुपा मानपुर स्थायी वतन भई हाल पोखरा महानगरपालिका वडा नं. १८ सेदी बस्ने ३४ वर्षीय सत्यम सिंह (मुख्य सञ्चालक),सोही ठेगानामा बस्ने २४ वर्षीय हर्ष उम्रेटे, सोही ठेगानामा बस्ने २३ वर्षीय विशाल चाउड, सोही ठेगानामा बस्ने २२ वर्षीय जमान सिंह तमार, पोखरा महानगरपालिका वडा नं. १८ सेदी बस्ने २७ वर्षीय विक्रान सिंह, सोही ठेगानामा बस्ने २६ वर्षीय अजितेश कुमार मिश्र र सोही ठेगानामा बस्ने २४ वर्षीय सत्यम राजपूत रहेका छन् ।
प्रहरीले घटनास्थलबाट ७ थान विभिन्न कम्पनीका ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल फोन, १ थान किबोर्ड, ४ थान मिनिटप्लक, १ थान १२ भोल्ट ब्याट्री, १ थान युपिएस, २ थान राउटर, १६ थान विभिन्न चार्जर र ३४ थान भारतीय सिमकार्ड बरामद गरेको छ।
अनुसन्धान अनुसार, गिरोहले गत वैशाख १८ गते देखि उक्त ७ कोठे घर भाडामा लिएर सञ्चालन गर्दै आएको थियो। टेलिग्राम र व्हाट्सएप ग्रुपहरूमार्फत ‘नगचगदजबष्२४७.उचय’ लिङ्क पठाएर मानिसहरूलाई आकर्षित गर्ने, डिपोजिट गराउने र क्रिकेट, फुटबल तथा क्यासिनोमा सट्टेबाजी गराउने गरेको पाइएको छ।
उनीहरूले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म कमाउने गरेको, भारतीय बैंक खाताहरू भाडामा प्रयोग गर्ने र अनलाइनबाटै कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यो सञ्जाल भारतबाट सञ्चालित मुख्य गिरोहको २७ औं ब्रान्चको रूपमा सञ्चालन हुँदै आएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाएको छ।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट