
१प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
२अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
३न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
४आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
५पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
८पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
९पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
१०‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
११पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
काठमाडौँ, ४ भदौ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दर्ता गराएको नयाँ पार्टीको नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी बनाएको छ । यसअघि आयोगमा निवेदन दिएको जसपा (लोकतान्त्रिक) नाम परिवर्तन गरी आज लोकतान्त्रिक समाजवादी पार्टीको नामको दल दर्ताका लागि निवेदन दिइएको नेता केशव झाले जानकारी दिनुभयो ।
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले गत बुधबार जसपा (लोकतान्त्रिक) दल दर्ताका लागि निवेदन दिएको थियो । यसअघि जसपा लोकतान्त्रिक पार्टी नाम राखी दल दर्ताका लागि निवेदन दिइएकोमा उक्त नाम मिल्न गएकाले अब उपरान्त पार्टीको नाम लोकतान्त्रिक समाजवादी राख्ने निर्णय गरिनुका साथै विधान, घोषणापत्र र नियमावलीमा लोकतान्त्रिक समाजवादी पार्टी उल्लेख गरी आयोगमा पठाउने निर्णय भएको अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक समाजवादी दलको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहनुभएको छ । उक्त दलमा अध्यक्ष र वरिष्ठ नेतासहित ३१ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरूले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार सबै विवरण समावेश गरी छुट्टै दल दर्ताका लागि निवेदन आवेदन गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसअघिको २४ सदस्यीय कार्यकारिणी समितिको सङ्ख्या बढाएर ३१ सदस्यीय बनाउने निर्णय गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको थियो । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ