
१रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
३लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
४पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
९२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनताका पीरमर्का बुझेर काम गर्ने बताएका छन् । गृहजिल्ला नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले भने–‘जनताका हरेक समस्यालाई सम्बोधन गर्दै पीरमर्का बुझेरमात्र प्रदेश सरकार अघि बढ्नेछ ।’
भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले झ्यालवास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेको जानकारी दिए । दक्षिणको नाका त्रिवेणी र उत्तरको नाका कोरला जोड्ने यो सडक प्रदेशकै लाइफलाइन भएकाले प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाई थियो ।
गृहजिल्ला नवलपुर भ्रमणमा रहेका उनले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताए । अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेको भन्दै मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागि समेत अध्ययन भइरहेको जानकारी गराए । नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने भनाइ राखे ।
शनिबार बिहान उनले गैंडाकोट नगरपालिका वडा नम्बर १, धारापानी स्थित नवदुर्गा आधारभूत विद्यालयको भवन उदघाटन गरे । गत वर्ष पूर्वाधार विकास कार्यक्रमको २५ लाख रुपैयाँ लागतमा उक्त भवन बनेको हो । भवन निर्माण समिति अध्यक्ष पूर्णप्रसाद गौंडेलले प्रमुख प्रतिपक्षी दलको नेता भएका बेलामा नै पोखरेलले विकास निर्माणका लागि चासो दिएर योजना पारेको स्मरण गर्दै मुख्यमन्त्रीभएसँग निर्वाचन क्षेत्रका मतदाताको आशा बढेर गएको बताए ।
मुख्यमन्त्री पोखरेलले गैंडाकोट नगरपालिका ११, मुकुन्दपुरस्थित कभर्डहल अवलोकन गरेका छन् । युवाहरुलाई खेलकुदमा आकर्षित गर्दै अनुशासित समाज निर्माणका लागि खेलकुद जरुरी रहेको भन्दै क्षमताका आधारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गैंडाकोट १३ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालासँगै मुख्यमन्त्री पोखरेल सहभागी भए । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका ४० जनालाई दुवैजनाले फूलमालाले स्वागत गरे । स्थानीय खुसीराम भण्डारी, मनिलाल अधिकारीको अगुवाइमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा महामन्त्री कोइरालाले नारायणी नदी कटान रोक्दै किनारै किनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने भनाइ राखे । मुलकमा खेतीयोग्य जमीन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने भनाइ राखे । मुख्यमन्त्री पोखरेलले गैंडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर लगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको बताए ।
त्यसपछि महामन्त्री कोइराला र मुख्यमन्त्री पोखरेलले नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष रामप्रकाश सिग्देलको श्रद्धाञ्जली सभामा सहभागी भए । शिक्षण पेसाबाट अवकाश सिग्देल पार्टी संगठनका साथै सहकारी अभियान र समाज सेवामा क्रियाशील थिए । गैंडाकोट १४ स्थित सिग्देलकै घरमा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा संविधानसभा सदस्य महेन्द्रध्वज जिसी, गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतम लगायत जिल्लाका नेता तथा कार्यकर्ता सहभागी थिए ।
मुख्यमन्त्री पोखरेल शनिबार नै देवचुली उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा सहभागी भए । संघकै कार्यालयमा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको भन्दै उद्योगी व्यवसायीलाई पनि खोपको उपलब्धता अनुसार उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए ।
संघका अध्यक्ष रेशमलाल सापकोटाले उद्योगी व्यवसायीले १ प्यान १ खोपको माग गर्दै आएको बताए । उनले– दललले धोवादी हुँदै खैरेनी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । कोरोनाका कारण व्यवसायीहरु सारै नै मर्कामा परेको भन्दै प्रदेश सरकारले ल्याएको व्यवसाय जीवन रक्षा कोषको कार्यविधि परिमार्जन गरेर सहज बनाउन जरुरी रहेको बताए ।
नेपाली कांग्रेसको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा क्रियाशील ७ दलले तयार जिल्लाको विकासका लागि तयार पारेको साझा अवधारणा मुख्यमन्त्री पोखरेललाई हस्तान्तगरण गरेका छन् । कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, माओवादी केन्द्र जिल्ला सचिव मित्रशरण शर्मा(बिहानी), नेकपा एमाले माधव समूहका जिल्ला अध्यक्ष शालिग्राम भट्टराई, जसपा अध्यक्ष डिबी गुरुङ, विवेकशील साझाका रामप्रसाद चापागाईं, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष पिताम्बर तिवारीले उक्ता साझा अवधारणामा हस्ताक्षर गरेका छन् ।
पार्टी कार्यालयमै नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) ले गरेको कार्यक्रममा १५ जना प्राविधिक नेल्टामा प्रवेश गरेका छन् । मुख्यमन्त्री पोखरेलले खादा मालासहित उनीहरुलाई नेल्टामा प्रवेश गराए ।
कोइलापानीको केरुङ खोलामा निर्मित बर्खे सिँचाइ प्रणालीको कुलोमा बाढीले पु¥याएको क्षतिबारे मुख्यमन्त्री पोखरेलले अवलोकन गरे । कुलोमा पुगेको क्षतिका कारण सयौं बिगाह खेतमा सिँचाइ रोकिएको भन्दै तत्काल सञ्चालनका लागि पहल गर्न स्थानीयले माग गरे । मुख्यमन्त्री पोखरेलले तत्कालका लागि तारजाली उपलब्ध गराउने र प्राविधिक टोलीले अध्ययन गरेपछि संघ सरकारसँग समन्वय गरेर निर्माणको काम थालिने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री पोखरेलले नवलपुरको लौकाहाखोलामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र निर्माणस्थलको समेत अवलोकन गरे । जग्गा नापनाँचको काम सुरु भइसकेको भन्दै उनले संघ सरकारसँग समन्वय गरेर थप प्रक्रिया अगाडि बढाइने भनाइ राखे । देवचुली नगरपालिका-५ स्थित झाँक्रेखोलाको सुकुम्वासी बस्तीमा पुगेर उनले स्थानीयका पीरमर्का बुझेका छन् । वन क्षेत्रमा ७ सय भन्दा बढी परिवार लामो समयसम्म बस्दै आएका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव