
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनताका पीरमर्का बुझेर काम गर्ने बताएका छन् । गृहजिल्ला नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले भने–‘जनताका हरेक समस्यालाई सम्बोधन गर्दै पीरमर्का बुझेरमात्र प्रदेश सरकार अघि बढ्नेछ ।’
भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले झ्यालवास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेको जानकारी दिए । दक्षिणको नाका त्रिवेणी र उत्तरको नाका कोरला जोड्ने यो सडक प्रदेशकै लाइफलाइन भएकाले प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाई थियो ।
गृहजिल्ला नवलपुर भ्रमणमा रहेका उनले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताए । अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेको भन्दै मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागि समेत अध्ययन भइरहेको जानकारी गराए । नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने भनाइ राखे ।
शनिबार बिहान उनले गैंडाकोट नगरपालिका वडा नम्बर १, धारापानी स्थित नवदुर्गा आधारभूत विद्यालयको भवन उदघाटन गरे । गत वर्ष पूर्वाधार विकास कार्यक्रमको २५ लाख रुपैयाँ लागतमा उक्त भवन बनेको हो । भवन निर्माण समिति अध्यक्ष पूर्णप्रसाद गौंडेलले प्रमुख प्रतिपक्षी दलको नेता भएका बेलामा नै पोखरेलले विकास निर्माणका लागि चासो दिएर योजना पारेको स्मरण गर्दै मुख्यमन्त्रीभएसँग निर्वाचन क्षेत्रका मतदाताको आशा बढेर गएको बताए ।
मुख्यमन्त्री पोखरेलले गैंडाकोट नगरपालिका ११, मुकुन्दपुरस्थित कभर्डहल अवलोकन गरेका छन् । युवाहरुलाई खेलकुदमा आकर्षित गर्दै अनुशासित समाज निर्माणका लागि खेलकुद जरुरी रहेको भन्दै क्षमताका आधारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गैंडाकोट १३ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालासँगै मुख्यमन्त्री पोखरेल सहभागी भए । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका ४० जनालाई दुवैजनाले फूलमालाले स्वागत गरे । स्थानीय खुसीराम भण्डारी, मनिलाल अधिकारीको अगुवाइमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा महामन्त्री कोइरालाले नारायणी नदी कटान रोक्दै किनारै किनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने भनाइ राखे । मुलकमा खेतीयोग्य जमीन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने भनाइ राखे । मुख्यमन्त्री पोखरेलले गैंडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर लगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको बताए ।
त्यसपछि महामन्त्री कोइराला र मुख्यमन्त्री पोखरेलले नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष रामप्रकाश सिग्देलको श्रद्धाञ्जली सभामा सहभागी भए । शिक्षण पेसाबाट अवकाश सिग्देल पार्टी संगठनका साथै सहकारी अभियान र समाज सेवामा क्रियाशील थिए । गैंडाकोट १४ स्थित सिग्देलकै घरमा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा संविधानसभा सदस्य महेन्द्रध्वज जिसी, गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतम लगायत जिल्लाका नेता तथा कार्यकर्ता सहभागी थिए ।
मुख्यमन्त्री पोखरेल शनिबार नै देवचुली उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा सहभागी भए । संघकै कार्यालयमा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको भन्दै उद्योगी व्यवसायीलाई पनि खोपको उपलब्धता अनुसार उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए ।
संघका अध्यक्ष रेशमलाल सापकोटाले उद्योगी व्यवसायीले १ प्यान १ खोपको माग गर्दै आएको बताए । उनले– दललले धोवादी हुँदै खैरेनी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । कोरोनाका कारण व्यवसायीहरु सारै नै मर्कामा परेको भन्दै प्रदेश सरकारले ल्याएको व्यवसाय जीवन रक्षा कोषको कार्यविधि परिमार्जन गरेर सहज बनाउन जरुरी रहेको बताए ।
नेपाली कांग्रेसको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा क्रियाशील ७ दलले तयार जिल्लाको विकासका लागि तयार पारेको साझा अवधारणा मुख्यमन्त्री पोखरेललाई हस्तान्तगरण गरेका छन् । कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, माओवादी केन्द्र जिल्ला सचिव मित्रशरण शर्मा(बिहानी), नेकपा एमाले माधव समूहका जिल्ला अध्यक्ष शालिग्राम भट्टराई, जसपा अध्यक्ष डिबी गुरुङ, विवेकशील साझाका रामप्रसाद चापागाईं, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष पिताम्बर तिवारीले उक्ता साझा अवधारणामा हस्ताक्षर गरेका छन् ।
पार्टी कार्यालयमै नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) ले गरेको कार्यक्रममा १५ जना प्राविधिक नेल्टामा प्रवेश गरेका छन् । मुख्यमन्त्री पोखरेलले खादा मालासहित उनीहरुलाई नेल्टामा प्रवेश गराए ।
कोइलापानीको केरुङ खोलामा निर्मित बर्खे सिँचाइ प्रणालीको कुलोमा बाढीले पु¥याएको क्षतिबारे मुख्यमन्त्री पोखरेलले अवलोकन गरे । कुलोमा पुगेको क्षतिका कारण सयौं बिगाह खेतमा सिँचाइ रोकिएको भन्दै तत्काल सञ्चालनका लागि पहल गर्न स्थानीयले माग गरे । मुख्यमन्त्री पोखरेलले तत्कालका लागि तारजाली उपलब्ध गराउने र प्राविधिक टोलीले अध्ययन गरेपछि संघ सरकारसँग समन्वय गरेर निर्माणको काम थालिने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री पोखरेलले नवलपुरको लौकाहाखोलामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र निर्माणस्थलको समेत अवलोकन गरे । जग्गा नापनाँचको काम सुरु भइसकेको भन्दै उनले संघ सरकारसँग समन्वय गरेर थप प्रक्रिया अगाडि बढाइने भनाइ राखे । देवचुली नगरपालिका-५ स्थित झाँक्रेखोलाको सुकुम्वासी बस्तीमा पुगेर उनले स्थानीयका पीरमर्का बुझेका छन् । वन क्षेत्रमा ७ सय भन्दा बढी परिवार लामो समयसम्म बस्दै आएका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !