News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मस्तिष्कघात भई उपचारार्थ मेयर जिसी डिस्चार्ज

'मेयर जिसी बुढानिलकण्ठस्थित छोरी मञ्जु जिसीको घरमा आराम गर्दै'

तस्विर साभार : मेयरका प्रेस संयोजक माधव बरालको फेसबुकबाट

पोखरा । मस्तिष्कघात भएर १९ दिनदेखि काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरका मेयर मानबहादुर जिसी आज मंगलबार डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएका मेयर जिसी बुढानिलकण्ठस्थित छोरी मञ्जु जिसीको घरमा आराम गरिरहेको मेयरका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन् ।

डिस्चार्ज भएका मेयर जिसीलाई स्वास्थ्यकर्मीको निगरानीमा खुट्टा र हातको नियमित थेरापी गर्नुपर्ने र दुई हप्ता पछि हिडडुल गर्न सक्ने चिकित्सकको भनाई रहेको छ । प्रेस संयोजक बरालका अनुसार मेयर जिसी अहिले बोल्न सक्ने अवस्थामा रहेका छन् ।

मेयर जिसीलाई १९ दिन अघि पोखरास्थित घरमै विहान ४ बजेतिर मस्तिष्कघात भएको थियो । पोखराकै मणिपाल शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपश्चात् मेयर जिसीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको र न्युरो अस्पतालमा टाउकोको अप्रेसन गरिएको थियो ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ