
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तनहुँका सांसद डोबाटे विश्वकर्मालाई दिईएको धोका अक्षम्य भूल भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले लेखेका छन्–‘गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशिता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो । दलित समुदायिप्रतिको अपमान हो ।’
महिनौंपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको मन्त्रिपरिषद् विस्तारको निर्णयसँगै तनहुँका सांसद डोबाटे विश्वकर्मालाई अन्तिम समयमा मन्त्रीको सूचीबाट हटाएर नवप्रवेशी एवं जग्गाकारोवारी विन्दु थापालाई मन्त्री बनाए पछि व्यापक विरोध भईरहेको छ । नेता कोइरालाले तत्कालै यो निर्णयलाई सच्याउन पनि माग गरेका छन् ।
‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न। तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो । दलित समुदायप्रतिको अपमान हो,’ नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाली कांग्रेस तनहुँका सांसद डोबाटे विश्वकर्मा
मुख्यमन्त्री पोखरेलले सांसद डोबाटेलाई मन्त्री बनाउने तयारी गर्दै सपथ ग्रहणका लागि पोखरा बोलाएका थिए । सपथ ग्रहणका लागि पोखरा आउँदै गर्दा १ घण्टा समय बाँकी छँदा चलखेल भएपछि सांसद डोबाटेको ठाउँमा कास्कीका कांग्रेस सांसद थापा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री भएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिएका सांसद डोबाटेलाई सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले हटाएको कांग्रेस स्रोत कैं दावी छ । अन्तिम समयमा आएर कांग्रेसको राजनीतिमा जीवन समर्पण गरेका, निष्ठावान कार्यकर्तालाई हटाउँदै नवप्रवेशी व्यापारीलाई मन्त्री बनाईएपछि यस निर्णयको सर्वत्र आलोचना भईरहेको छ ।
‘सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रूपमा लडेको कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको छ । त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरूको शिर निहुरिएको छ,’ नेता कोइरालाले लेखेका छन् ।
‘वीपी स्मृति दिवस मनाउँदै र बिपीको तस्बिरमा चढाएको फूल नओइलीँदै यस्तो निर्णय भएकोले त्यसको जवाफ समाजलाई दिनै पर्छ’ नेता कोइरालाले लेखेका छन्–‘यसलाई तुरून्त सच्याउनु जरूरी छ। भोलिका दिन यस्ता निर्णय पार्टीको निम्ती निकै महँगो पर्न सक्छ । सबैले हेक्का राखौं ।’
सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले लेखेको स्टाटस जस्ताको तस्तैः
सन्दर्भ : गण्डकी प्रदेशको सरकार गठन
लोकतान्त्रिक समाजवाद र समावेशिताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशिता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो । दलित समुदायिप्रतिको अपमान हो ।
सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुःखित बनाएको छ । त्यतिमात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरको शिर निहुरिएको छ ।
भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो ।
वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्विरमा चढाएको फूल नओईलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ ।
यसलाई तुरुन्त सच्याउनु जरुरी छ ।
भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्छ । सबैले हेक्का राखौं ।
जय नेपाल ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई