
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तनहुँका सांसद डोबाटे विश्वकर्मालाई दिईएको धोका अक्षम्य भूल भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले लेखेका छन्–‘गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशिता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो । दलित समुदायिप्रतिको अपमान हो ।’
महिनौंपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको मन्त्रिपरिषद् विस्तारको निर्णयसँगै तनहुँका सांसद डोबाटे विश्वकर्मालाई अन्तिम समयमा मन्त्रीको सूचीबाट हटाएर नवप्रवेशी एवं जग्गाकारोवारी विन्दु थापालाई मन्त्री बनाए पछि व्यापक विरोध भईरहेको छ । नेता कोइरालाले तत्कालै यो निर्णयलाई सच्याउन पनि माग गरेका छन् ।
‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न। तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो । दलित समुदायप्रतिको अपमान हो,’ नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाली कांग्रेस तनहुँका सांसद डोबाटे विश्वकर्मा
मुख्यमन्त्री पोखरेलले सांसद डोबाटेलाई मन्त्री बनाउने तयारी गर्दै सपथ ग्रहणका लागि पोखरा बोलाएका थिए । सपथ ग्रहणका लागि पोखरा आउँदै गर्दा १ घण्टा समय बाँकी छँदा चलखेल भएपछि सांसद डोबाटेको ठाउँमा कास्कीका कांग्रेस सांसद थापा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री भएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिएका सांसद डोबाटेलाई सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले हटाएको कांग्रेस स्रोत कैं दावी छ । अन्तिम समयमा आएर कांग्रेसको राजनीतिमा जीवन समर्पण गरेका, निष्ठावान कार्यकर्तालाई हटाउँदै नवप्रवेशी व्यापारीलाई मन्त्री बनाईएपछि यस निर्णयको सर्वत्र आलोचना भईरहेको छ ।
‘सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रूपमा लडेको कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको छ । त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरूको शिर निहुरिएको छ,’ नेता कोइरालाले लेखेका छन् ।
‘वीपी स्मृति दिवस मनाउँदै र बिपीको तस्बिरमा चढाएको फूल नओइलीँदै यस्तो निर्णय भएकोले त्यसको जवाफ समाजलाई दिनै पर्छ’ नेता कोइरालाले लेखेका छन्–‘यसलाई तुरून्त सच्याउनु जरूरी छ। भोलिका दिन यस्ता निर्णय पार्टीको निम्ती निकै महँगो पर्न सक्छ । सबैले हेक्का राखौं ।’
सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले लेखेको स्टाटस जस्ताको तस्तैः
सन्दर्भ : गण्डकी प्रदेशको सरकार गठन
लोकतान्त्रिक समाजवाद र समावेशिताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशिता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो । दलित समुदायिप्रतिको अपमान हो ।
सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुःखित बनाएको छ । त्यतिमात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरको शिर निहुरिएको छ ।
भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो ।
वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्विरमा चढाएको फूल नओईलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ ।
यसलाई तुरुन्त सच्याउनु जरुरी छ ।
भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्छ । सबैले हेक्का राखौं ।
जय नेपाल ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने