
१रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
३लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
४पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
९२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत पाएका छन् । दुईसय ४९ जना सांसद सहभागी भएकोमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत र विपक्षमा ८३ मत खसेको छ ।
प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका माधव कुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिएका छन् । आज उपस्थित भएर पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एकएकजना सांसद भने तटस्थ बसेका छन् । जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि देउवालाई विश्वासको मत दिएको थियो ।
प्रधानमन्त्री देउवाका पक्षमा मत हाल्ने सांसदहरुलाई एमालेमा नरहने चेतावनी दिदाँ दिदैं पनि माधवकुमार नेपाल र झलनाथ खनालका तर्फबाट मात्र नभई ओली पक्षधरसहित गरेर २२ सांसदले विश्वासको मत दिएका थिए । आजको विश्वासको मतमा नेपाल समूहका १० सांसद भने तटस्थ बसेका थिए । ओली पक्षका ८ जनाले फ्लोर क्रस गर्दै देउवाका पक्षमा उभिएका थिए ।
ओली सरकारमा हुँदा वन मन्त्री बनेका प्रेम आले र तनहुँ क्षेत्र नं. १ का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले देउवाको पक्षमा मतदान दिएका थिए । यसरी देउवालाई विश्वासको मत दिनेमा ओली पक्षमा हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन् । यसरी फ्लोर क्रस गरेर जाने यी सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर भने गरेका थिएनन् । जसमध्ये केही सांसद गत वैशाख २७ गतेमात्रै ओली समूहमा गएका थिए ।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायतले तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए ।
एमालेबाट प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुको नामावली :
१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३. कल्याणी खड्का
४. जीवनराम श्रेष्ठ
५. पार्वती विशुंखे
६. रामकुमारी झाँक्री
७. मेटमणि चौधरी
८. भवानी खापुङ
९. निरादेवी जैरु
१०. मुकुन्द न्यौपाने
११. कलिला खातुन
१२. हिरा केसी
१३. कृष्णकुमार श्रेष्ठ किसान
१४. गोपाल बम
१५. सविना हुसेन
१६. कृष्णलाल महर्जन
१७. प्रेमबहादुर आले
१८. धनबहादुर बुढा
१९. विना बुढाथोकी
२०. सरला यादव
२१. पुष्पाकुमारी कर्ण
२२. लक्ष्मी चौधरी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव