
१जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, विचौलिया पदम न्यौपाने पनि मुछिए
२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
३समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
४संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
५‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
६लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
७बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
८आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
९अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
१०राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
११राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा । पञ्चायतकालमा प्रजातन्त्र र स्वतन्त्रताका लागि आफ्नो प्राण दाउमा राखेर अनेक हण्डर खाँदै लडेका स्वतन्त्रता सेनानी नारायणबहादुर पाण्डेको निधन भएको छ । स्वतन्त्रता सेनानी पाण्डेको निधनप्रति नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
लमजुङको मध्य नेपाल नगरपालिका ९ स्थित उनकै निवासमा शनिबार आयोजित श्रद्धाञ्जली सभामा कोइराला, पोखरेलसहित केन्द्रीय तथा स्थानीय नेता, कार्यकर्ता सहभागी थिए । उक्त अवसरमा महामन्त्री कोइरालाले मुलुकमा स्वतन्त्रता स्थापनाका लागि पाण्डेसहितका अगुवाहरुको अतुलनीय योगदान रहेको बताए । अग्रज नेताहरुको सम्मानले नै पार्टी थप मजबुत हुने भनाइ उनको थियो ।
गण्डकीका मुख्यमन्त्री पोखरेलले पञ्चायतकालमा अनेक हन्डर खेपेर नारायणबहादुर पाण्डेले संघर्ष गरेको स्मरण गर्दै उनको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको भनाइ राखे । मुलुकमा राजनीतिक सचेतना र स्वतन्त्रता कायम गर्न लमजुङ र लमजुङवासीको भूमिका उल्लेखनीय रहेको भन्दै उनले प्रशंसा गरे । केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले नारायणबहादुरले असल राजनीतिक संस्कार सिकाएर गएको र त्यसको अनुशरण छोराहरुले गरेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरीले लमजुङको ग्रामीण भेगमा रहेर पनि नारायणबहादुरले राजनीतिसँगै शिक्षा र सामाजिक विकासको क्षेत्रमा काम गरेर अमिट छाप छाडेको बताए । कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापा, संविधासभा सदस्य शारदा पौडेल, राजु थापा, चन्द्रबहादुर कुँवर, कास्की कांग्रेस सभापति कृष्ण केसी, नवलपुर सभापति विष्णुप्रसाद लामिछानेसहित नेता कार्यकर्ता सहभागी थिए ।
उपप्रधानपञ्च हुँदै प्रधानपञ्चसमेत भएका ८० वर्षे पाण्डेको असार २१ गते सोमबार निधन भएको हो । उनकै अग्रसरतामा गाउँमा विद्यालय स्थापनादेखि विकास निर्माणका थुप्रै कामहरु भएका छन् । उनका जेठा छोरा रमेश पाण्डे लमजुङकै मध्यनेपाल नगरपालिकाका मेयर हुन् । कान्छा छोरा महेश पनि पार्टीमा क्रियाशील छन् ।
जेठा छोरा रमेशले बुबाबाट आफूले राजनीतिक संस्कार सिकेको भन्दै पार्टीले अब ग्रामीण भेगमा लुकेर रहेका हस्तीहरुको खोजबिन गरी सम्मान गर्नुपर्ने बताए । जीवनले राजनीतिक स्वतन्त्रताका लागि बिताएका कार्यकर्ताको मूल्यांकन नेतृत्व तहले गर्नुपर्ने त्यस्तो नभएको उनको भनाइ थियो ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म