
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा । रक्त क्यान्सर पीडित पोखरा–३१ बेगनासकी ३ बर्षिया बालिका ‘दिप्ती सापकोटा बचाउ अभियान’ले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ ।
संकलित रकम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका बालरोग विभाग प्रमुख बरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलले पीडित बालिकाकी आमा कोपिला सापकोटा रानाभाटलाई हस्तान्तरण गरेका हुन् ।
विभिन्न व्यक्तिबाट उठेको सहयोग रकम ‘दिप्ती बचाउन अभियान’का नेतृत्वकर्ता राम रानाभाट मार्फत डा.बास्तोलाले हस्तान्तरण गरेका हुन् ।
अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको बेगनास युवा क्लवका निर्वतमान अध्यक्ष समेत रहेका रानभाटले बताए । उनले अभियानमा निर्वतमान गृह एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले समेत सहयोग गरेको जानकारी दिए । बालिकालाई उपचार सहज होस् भनेर शुक्रबार संकलित रकम हस्तान्तरण गरिएको बताउँदै रानाभाटले दिप्तीलाई कान्ति बालअस्पताल काठमाण्डौं पठाउने व्यवस्था गरिएको उल्लेख गरे ।
उनले कान्ति बाल अस्पतालमा रहेर उपचारमा सहज होस् भन्ने उद्देश्यले थप केही दिन अभियान चलाएर जानकारी दिए । सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्दै, रानाभाटले दिप्तीका बुवा देवबहादुर सापकोटाको गरिमा बिकास बैंकको खातामा समेत रकम जम्मा गर्न सकिने बताए ।
असार १ गते देखी क्षेत्रीय अस्पतालको बच्चा वार्डमा उपचार गराई रहेकी बालिकाको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा सहयोग गर्न भन्दै डा.बास्तोलाले पनि सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत् र केही अनलाईनले समाचार प्रकाशन गरेपछि अभियान शुरु भएको हो ।
अस्पतालका बालरोग विभाग प्रमुख बालरोग विशेषज्ञ डा.बास्तोलाले अहिले बच्चाको उपचार क्षेत्रीय अस्पतालमा भएपनि थप ढिलाई गरे बच्चाको ज्यान जानसक्ने बताए । उनले अहिले अस्पतालले निशुल्क उपचार र कुुरुवालाई समेत निःशुल्क खाने व्यवस्था मिलाएको बताउँदै तुरुन्त क्यान्सरको उपचार संभव हुने अस्पतालमा पठाइएको बताए ।
कान्ति बाल अस्पतालमा त्यहाँका चिकित्सकसँग सम्पर्क गरेर शुक्रबार नै पठाउने तयारी गरिएको समेत डा.बास्तोलाले बताए ।
क्यान्सरलाई थप फैलन नदिन ज्वरो कम गर्न, घाउ भएमा फैलन नदिने जस्ता उपाय र उपचार अस्पतालले गरेको बताउँदै डा.बास्तोलाले थप उपचार यहाँ संभव नभएको बताए । ज्वरो आएर इमर्जेन्सीमा आउनु भएको रहेछ, हामीले भर्ना गरी छुट्टै कोठामा राखेर उपचार र अक्सिजन समेत व्यवस्थ गरेका छौं, डा वास्तोलाले भने, औषधी पनि निःशुल्क छ ।
उनका अनुसार समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशत भन्दा माथि रहेको बताए । उनले बच्चालाई ए.एल.एलए. क्यूट लिम्फोसाइटीक ल्यूकेमिया (ब्लड क्यान्सर भएको हो । डा. बास्तोलाका अनुसार बच्चालाई किमोथेरापीबाट उपचार अघि बढाउन लगाईनेछ ।
रकम हस्तान्तरण गर्दै, डा.बास्तोलाले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्यमै खर्चन अभिभावकलाई सुझाव दिएका छन् । उनले उदारमन सहित रकम सहयोग संकलन गरेको भन्दै अभियन्ता रानाभाट सहितलाई धन्यवाद समेत दिए । उनले भने–‘वास्तवमा नेपालीहरु उदारमनका छन् यस्ता घटना हेर्न
सक्दैनन्, मिडिया र साथीभाईसँग कुरा गरेको यतिका रकम संकलन भयो ।’
अभियन्ता रानाभाटले बच्चालाई पैसाको अभावमा उपचार नहुने अवस्था दुःखद भएको भन्दै, थप सहयोगका लागि विभिन्न व्यक्तित्वहरुले समेत आश्वसन दिएको बताए ।
पीडित बालिकाकी आमा कोपिला रानाभाट सापकोटाले सहयोगी मनहरुलाई धन्यवाद दिदै, यो सहयोगले आफ्नी छोरी बाँच्ने आशा पलाएको बताईन् । रकम हस्तान्तरण गर्न संचारकर्मी नवराज सापकोटा, सचिन रानाभाट, बेगनास युवाक्लवका सुरेन्द्र पुन र चित्रबहादुर गुरुङ पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेका थिए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल