
१रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
२सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
५तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
६लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
पोखरा । रक्त क्यान्सर पीडित पोखरा–३१ बेगनासकी ३ बर्षिया बालिका ‘दिप्ती सापकोटा बचाउ अभियान’ले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ ।
संकलित रकम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका बालरोग विभाग प्रमुख बरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलले पीडित बालिकाकी आमा कोपिला सापकोटा रानाभाटलाई हस्तान्तरण गरेका हुन् ।
विभिन्न व्यक्तिबाट उठेको सहयोग रकम ‘दिप्ती बचाउन अभियान’का नेतृत्वकर्ता राम रानाभाट मार्फत डा.बास्तोलाले हस्तान्तरण गरेका हुन् ।
अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको बेगनास युवा क्लवका निर्वतमान अध्यक्ष समेत रहेका रानभाटले बताए । उनले अभियानमा निर्वतमान गृह एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले समेत सहयोग गरेको जानकारी दिए । बालिकालाई उपचार सहज होस् भनेर शुक्रबार संकलित रकम हस्तान्तरण गरिएको बताउँदै रानाभाटले दिप्तीलाई कान्ति बालअस्पताल काठमाण्डौं पठाउने व्यवस्था गरिएको उल्लेख गरे ।
उनले कान्ति बाल अस्पतालमा रहेर उपचारमा सहज होस् भन्ने उद्देश्यले थप केही दिन अभियान चलाएर जानकारी दिए । सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्दै, रानाभाटले दिप्तीका बुवा देवबहादुर सापकोटाको गरिमा बिकास बैंकको खातामा समेत रकम जम्मा गर्न सकिने बताए ।
असार १ गते देखी क्षेत्रीय अस्पतालको बच्चा वार्डमा उपचार गराई रहेकी बालिकाको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा सहयोग गर्न भन्दै डा.बास्तोलाले पनि सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत् र केही अनलाईनले समाचार प्रकाशन गरेपछि अभियान शुरु भएको हो ।
अस्पतालका बालरोग विभाग प्रमुख बालरोग विशेषज्ञ डा.बास्तोलाले अहिले बच्चाको उपचार क्षेत्रीय अस्पतालमा भएपनि थप ढिलाई गरे बच्चाको ज्यान जानसक्ने बताए । उनले अहिले अस्पतालले निशुल्क उपचार र कुुरुवालाई समेत निःशुल्क खाने व्यवस्था मिलाएको बताउँदै तुरुन्त क्यान्सरको उपचार संभव हुने अस्पतालमा पठाइएको बताए ।
कान्ति बाल अस्पतालमा त्यहाँका चिकित्सकसँग सम्पर्क गरेर शुक्रबार नै पठाउने तयारी गरिएको समेत डा.बास्तोलाले बताए ।
क्यान्सरलाई थप फैलन नदिन ज्वरो कम गर्न, घाउ भएमा फैलन नदिने जस्ता उपाय र उपचार अस्पतालले गरेको बताउँदै डा.बास्तोलाले थप उपचार यहाँ संभव नभएको बताए । ज्वरो आएर इमर्जेन्सीमा आउनु भएको रहेछ, हामीले भर्ना गरी छुट्टै कोठामा राखेर उपचार र अक्सिजन समेत व्यवस्थ गरेका छौं, डा वास्तोलाले भने, औषधी पनि निःशुल्क छ ।
उनका अनुसार समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशत भन्दा माथि रहेको बताए । उनले बच्चालाई ए.एल.एलए. क्यूट लिम्फोसाइटीक ल्यूकेमिया (ब्लड क्यान्सर भएको हो । डा. बास्तोलाका अनुसार बच्चालाई किमोथेरापीबाट उपचार अघि बढाउन लगाईनेछ ।
रकम हस्तान्तरण गर्दै, डा.बास्तोलाले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्यमै खर्चन अभिभावकलाई सुझाव दिएका छन् । उनले उदारमन सहित रकम सहयोग संकलन गरेको भन्दै अभियन्ता रानाभाट सहितलाई धन्यवाद समेत दिए । उनले भने–‘वास्तवमा नेपालीहरु उदारमनका छन् यस्ता घटना हेर्न
सक्दैनन्, मिडिया र साथीभाईसँग कुरा गरेको यतिका रकम संकलन भयो ।’
अभियन्ता रानाभाटले बच्चालाई पैसाको अभावमा उपचार नहुने अवस्था दुःखद भएको भन्दै, थप सहयोगका लागि विभिन्न व्यक्तित्वहरुले समेत आश्वसन दिएको बताए ।
पीडित बालिकाकी आमा कोपिला रानाभाट सापकोटाले सहयोगी मनहरुलाई धन्यवाद दिदै, यो सहयोगले आफ्नी छोरी बाँच्ने आशा पलाएको बताईन् । रकम हस्तान्तरण गर्न संचारकर्मी नवराज सापकोटा, सचिन रानाभाट, बेगनास युवाक्लवका सुरेन्द्र पुन र चित्रबहादुर गुरुङ पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेका थिए ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा