
१गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
२घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
३आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
४रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
५आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
६पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
७सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
८युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
९महान्यायाधिवक्ताको विवादास्पद निर्णय
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले २५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । ११ वटा मन्त्रालय रहेको यस प्रदेशमा सत्ता साझेदार दलहरु बीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।
प्रदेशले मन्त्री नियुक्त र जिम्मेवारी बाँडफाँट गर्न नसकेपछि यसको जिम्मा केन्द्रीय नेताहरुलाई नैं दिईएको छ । यद्यपि प्रदेशमा देखिएको विवादले सत्ता साझेदारीकोे गठबन्धन नटुट्ने दावी मुख्यमन्त्री पोखरेलले गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘यो गठबन्धन राष्ट्रिय परिस्थितिको उपज हो । केन्द्रमा जस्तै प्रदेशमा गठबन्धन बनेको हो । अहिलेको विवादले गठबन्धन टुट्दैन ।’
बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्री पोखरेलले बताए । असार ४ गते नै विश्वासको मत लिईसकेका मुख्यमन्त्री पोखरेलले यही साता भित्रमा सदन बोलाएर बजेटमाथि छलफल गर्ने बताए ।
अहिले गण्डकी प्रदेशमा मुख्यमन्त्री र चार जना मन्त्री मात्र छन् । कांग्रेस नेता कुमार खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रका मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिईएको छ । तरसँगै सपथ खाएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्रीको सपथ लिए पनि उनीहरुको आजसम्म मन्त्रालयको टुङ्गो लाग्न सकेको छैन ।
निवर्तमान मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न जसपाका आचार्यलाई विश्वासको मत लिनु अघि अर्थमन्त्रालय दिने लिखित सहमति गरेका मुख्यमन्त्री पोखरेलले कांग्रेस र माओवादी कैं कारण सहमति कार्यान्वयन गर्न सकेका छैनन् । त्यसैगरी स्वतन्त्र सांसद दीपक मनाङेले पनि आफूले भनेको मन्त्रालय नपाएको भन्दै जिम्मेवारी नै सम्हालेका छैनन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर