
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा । ५१ फिटको भूमेश्वर महादेवको मूर्ति स्थापनासँगै पोखरामा नयाँ पर्यटकीय र धार्मिक गन्तव्य थपिएको छ । ४० करोडको लागतमा विगत ४ वर्षदेखि थालिएको निर्माण कार्य अन्तिम चरणमा पुगेको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिले जनाएको छ ।

शुरुमा १०८ फिट उचाईको उभिएको महादेवको मूर्ति बनाउने तयारी थियो । नजिकै रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थालका कारण नागरिक उड्डयन प्राधिकरणले यो कार्यलाई रोक्दै ५१ फिटसम्मको मूर्ति निर्माण गर्न सहमति दिएको हो । । तस्विरः राजेन्द्र अधिकारी
४ वर्ष अघि स्थानीय गाउँलेहरुले महायज्ञको आयोजना गरी ६ करोड रुपैयाँ संकलन गरेर मूर्ति स्थापना कार्य शुरु गरेका थिए । २० करोड खर्च भईसकेको जानकारी दिदैं पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले भने–‘सम्पूर्ण योजना पुरा गर्न अझै २० करोड खर्च लाग्छ । लगभग ४० करोडमा पुरा योजना बल्ल सम्पन्न हुनेछ ।’

पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बराल
पोखरादेखि नजिक भएर पनि ओझेलमा परेको यस ठाउँको विकासका लागि मूर्ति निर्माणको परिकल्पना गरेका स्थानीय चन्द्रकान्त बरालले शुरुमा महायज्ञ लगाएर आर्थिक संकलन गरेका थिए । महायज्ञमा देश, विदेशबाट सबैले सक्दो आर्थिक सहयोग उपलब्ध गराएका थिए । पछिल्लो समय यो अभियानलाई केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पनि केही आर्थिक सहयोग प्रदान गरेको छ ।

मन्दिरका बाहिरी कामहरु अझैं केही बाँकी नै छन् । तर त्यहाँ दैनिक आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालिसकेको छ ।
समुद्र सतहदेखि १५सय मिटर उचाईमा रहेको पुम्दीकोटमा राखिएको भूमेश्वर महादेवको मूर्ति भारतको मथुरामा अष्ठधातुजडिट फाइवर ग्लासबाट निर्माण गरिएको हो । ६ टनको उक्त मूर्तिका लागि हिलटेङ्क प्रा.लि.का निर्देशक कमल जयनले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेका थिए । शुरुमा १०८ फिट उचाईको उभिएको महादेवको मूर्ति बनाउने तयारी समितिले गरेको थियो । नजिकै रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थालका कारण नागरिक उड्डयन प्राधिकरणले यो कार्यलाई रोक्दै ५१ फिटसम्मको मूर्ति निर्माण गर्न सहमति दिएको हो ।
समुन्द्र सतहदेखि १५सय मिटर उचाईमा रहेको यस क्षेत्रमा भूमेश्वर महादेवको मूर्तिसँगै १०८ वटा शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिढीं र भूमेश्वर महादेवको मूर्तिलाई परिक्रमा गर्ने मनोरेल समेत राख्ने योजना समितिको छ । भूमेश्वर महादेवको मूर्ति राखिएको ठाउँ भन्दा पारी डाँडालाई सुमेरु पर्वतको रुपमा विकास गरेर त्यहाँ कुमार र पार्वतीको मूर्ति स्थापना गर्ने गरी थप २० करोड योजना समितिले अघि सारेको छ । जुन कार्य पुरा गर्न समितिलाई अझै १/२ वर्ष लाग्ने देखिन्छ ।
२० रोपनी क्षेत्रफलमा फैलिएको भूमेश्वर महादेव मूर्ति निर्माण कार्यले स्थानीयहरु पनि उत्साहित भएका छन् । यो ठाउँको विकासले सबैलाई फाईदा पुग्ने र स्थानीयले उत्पादन गरेका वस्तुहरु बिक्री हुने हुँदा जीवनस्तर उकासिने विश्वास पूर्वशिक्षक एवं स्थानीय उमानाथ बरालको छ ।

पूर्वशिक्षक एवं स्थानीय उमानाथ बराल
शहरदेखि नजिकै भएर पनि कुनै रोजगारीको व्यवस्था नहुँदा स्थानीय युवाहरु विदेशिन बाध्य थिए । धेरैले त्यहाँको जग्गाजमिन बेचेर बसाई नै अन्त सारेका थिए । तर यतिबेला मूर्ति निर्माण भएसँगै युवाले रोजगारी पाउने, विदेशिन नपर्ने र स्थानीय उत्पादन यहीँ बिक्री हुने आशा स्थानीयमा थपिएको डिल्लीराम बरालले बताए ।

स्थानीय डिल्लीराम बराल
पछिल्लो समय जनप्रतिनिधिहरुले देशका विभिन्न ठाउँहरुमा धमाधम भ्यूटावर निर्माण गर्ने र बजेट सक्ने होडबाजी चलाई रहँदा यहाँका स्थानीय भने गाउँको विकासका लागि धार्मिक पर्यटनको दीर्घकालिन पूर्र्वाधार निर्माणमा स्वस्र्फूत रकम जुटाई रहेका थिए । जसले गर्दा यतिबेला गाउँ छाडेर गएकाहरुलाई पछुतो लाग्न थालेको छ भने गाउँमा भएकाहरु आफ्नै ठाउँमा विकास हुने भयो भनेर खुशी देखिन्छन् ।

भूमेश्वर महादेवको दर्शन गरिसके पछि पर्यटकहरु स्थानीय पसलमा ।

मन्दिरका बाहिरी कामहरु अझैं केही बाँकी नै छन् । तर त्यहाँ दैनिक आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालिसकेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन