
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
पोखरा । ५१ फिटको भूमेश्वर महादेवको मूर्ति स्थापनासँगै पोखरामा नयाँ पर्यटकीय र धार्मिक गन्तव्य थपिएको छ । ४० करोडको लागतमा विगत ४ वर्षदेखि थालिएको निर्माण कार्य अन्तिम चरणमा पुगेको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिले जनाएको छ ।

शुरुमा १०८ फिट उचाईको उभिएको महादेवको मूर्ति बनाउने तयारी थियो । नजिकै रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थालका कारण नागरिक उड्डयन प्राधिकरणले यो कार्यलाई रोक्दै ५१ फिटसम्मको मूर्ति निर्माण गर्न सहमति दिएको हो । । तस्विरः राजेन्द्र अधिकारी
४ वर्ष अघि स्थानीय गाउँलेहरुले महायज्ञको आयोजना गरी ६ करोड रुपैयाँ संकलन गरेर मूर्ति स्थापना कार्य शुरु गरेका थिए । २० करोड खर्च भईसकेको जानकारी दिदैं पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले भने–‘सम्पूर्ण योजना पुरा गर्न अझै २० करोड खर्च लाग्छ । लगभग ४० करोडमा पुरा योजना बल्ल सम्पन्न हुनेछ ।’

पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बराल
पोखरादेखि नजिक भएर पनि ओझेलमा परेको यस ठाउँको विकासका लागि मूर्ति निर्माणको परिकल्पना गरेका स्थानीय चन्द्रकान्त बरालले शुरुमा महायज्ञ लगाएर आर्थिक संकलन गरेका थिए । महायज्ञमा देश, विदेशबाट सबैले सक्दो आर्थिक सहयोग उपलब्ध गराएका थिए । पछिल्लो समय यो अभियानलाई केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पनि केही आर्थिक सहयोग प्रदान गरेको छ ।

मन्दिरका बाहिरी कामहरु अझैं केही बाँकी नै छन् । तर त्यहाँ दैनिक आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालिसकेको छ ।
समुद्र सतहदेखि १५सय मिटर उचाईमा रहेको पुम्दीकोटमा राखिएको भूमेश्वर महादेवको मूर्ति भारतको मथुरामा अष्ठधातुजडिट फाइवर ग्लासबाट निर्माण गरिएको हो । ६ टनको उक्त मूर्तिका लागि हिलटेङ्क प्रा.लि.का निर्देशक कमल जयनले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेका थिए । शुरुमा १०८ फिट उचाईको उभिएको महादेवको मूर्ति बनाउने तयारी समितिले गरेको थियो । नजिकै रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थालका कारण नागरिक उड्डयन प्राधिकरणले यो कार्यलाई रोक्दै ५१ फिटसम्मको मूर्ति निर्माण गर्न सहमति दिएको हो ।
समुन्द्र सतहदेखि १५सय मिटर उचाईमा रहेको यस क्षेत्रमा भूमेश्वर महादेवको मूर्तिसँगै १०८ वटा शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिढीं र भूमेश्वर महादेवको मूर्तिलाई परिक्रमा गर्ने मनोरेल समेत राख्ने योजना समितिको छ । भूमेश्वर महादेवको मूर्ति राखिएको ठाउँ भन्दा पारी डाँडालाई सुमेरु पर्वतको रुपमा विकास गरेर त्यहाँ कुमार र पार्वतीको मूर्ति स्थापना गर्ने गरी थप २० करोड योजना समितिले अघि सारेको छ । जुन कार्य पुरा गर्न समितिलाई अझै १/२ वर्ष लाग्ने देखिन्छ ।
२० रोपनी क्षेत्रफलमा फैलिएको भूमेश्वर महादेव मूर्ति निर्माण कार्यले स्थानीयहरु पनि उत्साहित भएका छन् । यो ठाउँको विकासले सबैलाई फाईदा पुग्ने र स्थानीयले उत्पादन गरेका वस्तुहरु बिक्री हुने हुँदा जीवनस्तर उकासिने विश्वास पूर्वशिक्षक एवं स्थानीय उमानाथ बरालको छ ।

पूर्वशिक्षक एवं स्थानीय उमानाथ बराल
शहरदेखि नजिकै भएर पनि कुनै रोजगारीको व्यवस्था नहुँदा स्थानीय युवाहरु विदेशिन बाध्य थिए । धेरैले त्यहाँको जग्गाजमिन बेचेर बसाई नै अन्त सारेका थिए । तर यतिबेला मूर्ति निर्माण भएसँगै युवाले रोजगारी पाउने, विदेशिन नपर्ने र स्थानीय उत्पादन यहीँ बिक्री हुने आशा स्थानीयमा थपिएको डिल्लीराम बरालले बताए ।

स्थानीय डिल्लीराम बराल
पछिल्लो समय जनप्रतिनिधिहरुले देशका विभिन्न ठाउँहरुमा धमाधम भ्यूटावर निर्माण गर्ने र बजेट सक्ने होडबाजी चलाई रहँदा यहाँका स्थानीय भने गाउँको विकासका लागि धार्मिक पर्यटनको दीर्घकालिन पूर्र्वाधार निर्माणमा स्वस्र्फूत रकम जुटाई रहेका थिए । जसले गर्दा यतिबेला गाउँ छाडेर गएकाहरुलाई पछुतो लाग्न थालेको छ भने गाउँमा भएकाहरु आफ्नै ठाउँमा विकास हुने भयो भनेर खुशी देखिन्छन् ।

भूमेश्वर महादेवको दर्शन गरिसके पछि पर्यटकहरु स्थानीय पसलमा ।

मन्दिरका बाहिरी कामहरु अझैं केही बाँकी नै छन् । तर त्यहाँ दैनिक आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालिसकेको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने