
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
पोखरा । पोखरा महानगरपालिका वडा नं. १० मा बाटो निर्माण कार्यमा व्यापक वेथिति देखिएको छ । एउटै बाटो निर्माण कार्यमा पनि फरक–फरक मापदण्ड लगाईएको छ । अहिले बन्दै गरेको मिलनटोलदेखि नहरमार्ग (सुनकोशी टोल)सम्मको बाटोलाई हेर्ने हो भने त्यहाँको वेथिति र जनप्रतिनिधिहरुको लापरवाही छर्लङ्ग देखिन्छ ।
१४ फिट ८ इञ्चीको बाटो निर्माण कार्य भएपनि कतिपय ढलान भएको ठाउँमा तोकिएको मापदण्डमा बाटो निर्माण गरिएको छैन । बाटो निर्माण समितिको स्वार्थ अनुसार ठाउँ पिच्छे र व्यक्ति अनुसार नै फरक–फरक ढङ्गले बाटो ढलान भईरहेको छ ।

‘बाटो निर्माण समितिको नियतै गलत ‘: वडाध्यक्ष गुरुङको ससुराली जाने बाटोको शुरुमैं देखिएको विवाद । मिलनटोलको मुखैंमा समेत बाटो निर्माण समिति विवादित देखिन्छ । अन्य वडावासीहरु पनि बाटो निर्माण समिति र वडाध्यक्षको दादागिरीबाट पीडित देखिन्छन् ।
एउटै समितिले बनाएको बाटोमा आमने–सामने भएको घरमा कसैको चिन्ह लगाएर पनि भत्काईएको छैन भने कसैको मापदण्ड छोड्दा छोड्दै पनि गेट भत्काईएको छ । एउटै बाटो कहीँ १२, कहीँ १३ र कहीँ १४ फिट भन्दा पनि धेरै तलमाथि गरिएको प्रष्ट देखिन्छ । जसले गर्दा बाटो निर्माण समिति कैं व्यवहार शंकास्पद र विभेदपूर्ण देखिन्छ ।
अर्कोतर्फ, १४ फिट भन्दा बढि बाटोको लागि जमिन पुग्दा पुग्दै पनि केही व्यक्तिहरुको पुरानो रिसिईवी कारण स्थानीय सरस्वती थापाको पर्खाललाई अहिले विवादको विषय बनाईएको छ । जब कि यहीँ सरस्वती थापाको घर अगाडिको बाटोसँगैको एउटै बाटोमा कम क्षेत्रफलमा पनि ढलान कार्य त्यहीँ समितिले सम्पन्न गरिसकेको छ । एउटै समितिले अन्यत्र थोरै हुँदा पनि ढलान गर्ने, तोकिएको मापदण्ड पुरा नगर्ने र यता वृद्ध आमा थापाको १४ फिट भन्दा बढि हुँदा हुँदै पनि मोड पुगेन भन्दै पुरानो पर्खाल भत्काउनु पर्ने किचलो समितिले नियतवश झिकिरहेको प्रष्ट देखिन्छ ।

‘अन्यायको पराकाष्ठा’ : सरस्वती थापाको घर अगाडि थुपारिएको निर्माण सामाग्री । जुन घुम्ती नजिक रहेको पर्खाल भत्काउन नदिएको रिसले घर अगाडि समेत सडक ढलान नगर्ने भन्दै ३० हजार रुपैयाँ असुलिसकेपछि पनि बाटो निर्माण समितिले देखाएको दादागिरी । थापाले घर अगाडि १६ फिट भन्दा बढि छोडेको प्रष्टै देखिन्छ । यहीँ दृश्यबाट पनि प्रष्ट हुन्छ समिति कति पूर्वाग्राही छ भन्ने।
स्थानीय सरस्वती थापाको घर अगाडि १४ फिट ८ ईञ्च भन्दा धेरै बाटो छोडिएको छ । बाटो ढलान गर्ने भनेर सुनकोशी टोल विकास संस्थाले माया थापाका नाममा ३० हजार ६ सय रुपैयाँको रसिद काटिसकेको छ । घर अगाडि १५ फिट भन्दा धेरै जमिन बाटोमा देखिन्छ । तर त्यहाँ मालपोत कार्यालयमा विचाराधिन रहेको जमिनमाथि नै समितिका केही व्यक्तिहरुले नियोजित ढङ्गले विवाद खडा गर्दा बाटो निर्माण कार्य रोकिएको छ ।

‘पासो थाप्दै समिति’ : वृद्ध आमा सरस्वती थापाले आफ्नो घर अगाडि बाटो निर्माणका लागि चाहिने जति जमिनमात्र होइन, बाटो निर्माण समितिले तोके जति रकम पनि बुझाई सकिन् । तर खेतबारीमा जाने पर्खाल नभत्काएसम्म घर अगाडिको बाटो नबनाई दिने भन्दै ती वृद्ध आमालाई समितिले नियतवश पासो थापिरहेको छ ।
वडाध्यक्ष राजकुमार गुरुङको ससुराली जाने बाटो भएका कारण पनि यो बाटो निर्माण कार्य अहिले विवादसँगै चर्चामा पनि छ । वडाध्यक्ष गुरुङको ससुराली जाने बाटोको विवाद समाधान गर्न भन्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी आफैं पनि पटक–पटक त्यहाँ पुगिसकेका छन् । तर सहमतिको साटो बलमिच्याईँ र ‘ईगो’ बढ्दै जाँदा स्थिति जटिल बन्दै गईरहेको छ ।
मेयर जिसी पुगेर प्रत्यक्ष हेरिसकेपछि त्यो जमिन सार्वजनिक नै हो भनेर हटाउनु पर्छ पनि भन्न सकेका छैनन् र वडाध्यक्ष गुरुङको प्रेसर पनि थेग्न सकेका छैनन् । वडाध्यक्ष गुरुङले लकडाउनका समयमा पनि आफ्नै गाडीमा केही महिलाहरु जुटाएर पटक–पटक महानगरपालिकामा पुगी मेयरलाई दवाव दिदैं आईरहेको नगरपालिकाका कैं एक कर्मचारीले नै बताए । यस घटनामा वडाध्यक्षले मिलाउनुको साटो ससुराली जाने बाटो हो भन्दैंमा कसैलाई काखा र कसैलाई पाखा गरेकै कारण किचलो बढ्दै गएको र यसमा वडाध्यक्षको नियत गलत देखिएको ती कर्मचारीको भनाई थियो ।

‘पुरानो रिसिईवी साँध्न वाहना बनाईएको पर्खाल’ : सरस्वती थापाको घर नजिकै खेतबारी भएको ठाउँमा रहेको बाटो । जहाँ १४ फिट ८ इञ्च भन्दा बढि ठाउँ छ । तर वडाध्यक्ष राजकुमार गुरुङ ससुरालीको बाटो र छिमेकी अर्जुन अधिकारीसहितको टोली नियतवश वृद्ध आमा थापाको पुरानो पर्खाल भत्काएर आफ्नो घरको बाटो चाक्लो बनाउन र पुरानो रिसिईवी साँध्न लागिपरेका छन् ।
‘यदि वडाभित्र रहेका सार्वजनिक जमिन, खोलानाला र नहरको मापदण्ड र अतिक्रमणका विषयमा सबैजनाको निष्पक्ष छानबिन हुन्छ भने राम्रो हुन्थ्यो’, स्थानीयको भनाई छ–‘तर नियतवश आफ्नै पर्खाल भित्रको जमिनमा बाटो बनाएकी एकजना वृद्ध महिलामाथि सबै खनिन पनि भएन, सहमतिले अगाडि बढ्नु पर्यो ।’ प्रहरी प्रशासनको आडमा एकजना वृद्ध महिलालाई दुःख दिनु, शक्ति र पहुँचको प्रयोग गर्नु गलत भएको गुनासो स्थानीयवासीको छ ।
वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङले ससुराली जाने बाटो भए पनि नियतवश नभई घुम्तीमा मोड नपुगेका कारण सार्वजनिक जमिन भएकोले नैं पर्खाल भत्काउन लागेको बताए । वडाध्यक्ष गुरुङले भने–‘नापीमा गएर हेरौं, त्यो जग्गा कस्तो खालको हो भन्ने थाहा भईहाल्छ । त्यसैले सल्लाहले भत्काउ भनेको छु । मान्नु भएको छैन ।’

पोखरा महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङ ।
‘वडाध्यक्षको ससुराली पुग्ने बाटो हो भन्दैमा वृद्ध महिला केटाकेटीमात्रै भएका ठाउँमा अन्याय गर्न पाईन्छ ?’, एक स्थानीय महिलाले भनिन्–‘जुन कित्ता वडाध्यक्षले सार्वजनिक भन्दैछन्, त्यो जग्गा सरस्वती थापाहरुले बषौंदेखि खेत जानका लागि प्रयोग गर्न आफ्नै पर्खाल भित्र बनाएको निजी बाटो हो । त्यो बाटो सार्वजनिक बाटोमा मिसाउने हो भने त्यो परिवारले राजीखुशीले दिनुपर्यो । जग्गाधनीसँग सहमति लिने कि जे गरे पनि हुन्छ भनेर दादागिरी देखाउने ?’
सरस्वती थापा ५० नम्बर कित्ता आफ्नै निजी जग्गा भएको र आफैंले खेतबारीमा आवातजावात गर्नका लागि छुट्याएको बताउँछिन् । बाटो निर्माण कार्य गर्दा सहमतिमा अगाडि बढ्नु पर्नेमा केही व्यक्तिहरुको पुरानो रिसिईवी पोख्ने काम सरस्वती थापा आमामाथि भएको युवाहरु नै बताउँछन् । ‘बाटो निर्माण कार्यमा वडाध्यक्षले अभिभावकको भूमिका निर्वाह गर्न सकेनन् । कसैले १४ फिट पनि छोड्न नपर्ने, १२, १३ फिट छोडे हुने । कसैले १५ फिटसम्म छोड्दा पनि अझै भत्काउनु पर्ने ?’ स्थानीय युवाहरुले भने–‘घुम्ती चाक्लो चाहिएको हो भने बाटो निर्माणमा एकरुपता हुनु पर्यो । अन्त घुम्ती फराकिलो त के १४ फिट पनि पुग्न नपर्ने ? वेथानी बोडिङ स्कुल अगाडि र पछाडिका घुम्तीहरु के हो त ? अनि १४/१५ फिट भन्दा पनि बढि जमिन बाटोको लागि छोडिसकेकी वृद्ध आमाको बोल्ने मान्छे छैनन् भनेर पेल्न पाईन्छ ?’

‘यस्ता धेरै घुम्ती छन्, जहाँ १४ फिट पनि पुग्दैन, तर ढलान भईसक्यो ‘: मिलनटोल हुँदै नहरमार्ग (सुनकोशी टोल)सम्म निर्माण थालिएको बाटो कतिपय ठाउँमा १४ फिट नै नपुग्दा र घुम्तीहरु निकै साँघुरा हुँदा पनि ढलान भईसकेको छ । यस तथ्यबाट पनि प्रष्ट हुन्छ कि बाटो निर्माण समिति र जनप्रतिनिधि नै सुनियोजित रुपमा सरस्वती थापामाथि खनिएका छन् भन्ने कुरा ।
वडा नं. १० का जनप्रतिनिधि निशा मल्ल ठकुरीले भनिन्–‘ त्यहाँ १४ फिट ८ इञ्च कैं बाटो निर्माण गर्ने सहमति भएको हो । सोही अनुसार बाटो निर्माण गरौं भनेकी थिए । अन्य विवादमा फस्ने र झमेला हुने काम नगरौं भनेको हो । सार्वजनिक जमिन खोज्ने नै हो भने वडाले एउटा कार्यक्रम नै तय गरेर अघि बढौं । एकजनालाई मात्र सामाजिक अपमान हुने गरी विवाद नझिकौं भनेको हो । अहिले के भईरहेको छ थाहा छैन ।’
बाटो मात्र होइन, वडा नं. १० मा भएको सार्वजनिक कुलो समेत पछि निर्माण भएका घरहरुले धमाधम मिचिरहेका छन् । नक्सामा प्रष्टसँग देखिएको नहर केबल नक्सामा मात्र सीमित देखिन्छन् । दुई कुलाको मुहानबाट नै त्यस वडामा सार्वजनिक कुलो मिचिएको छ । ‘सार्वजनिक कुलो मिचेर घर बनाउन स्वीकृत दिने सम्बन्धित पोखरा महानगरपालिकालाई पनि कारवाही हुनुपर्छ,’ एक स्थानीयले भने–‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै यस वडामा रहेका सार्वजनिक कुलोको वास्तविक स्थिति के छ खोज्ने हो भने धेरै व्यक्तिहरु कारवाहीको दायरामा आउने छन् ।’

कहाँ छ नक्सामा देखिएको नहर : खेतीपातीका लागि भनेर बनाईएको सार्वजनिक नहरमा यतिबेला पानी बग्दैन । किनभने नयाँ बसोबास गर्दै आएका धेरै मानिसहरुले नक्सामा रातो मसीले देखाइएको कुलो मिचिसकेका छन् । यो विषयमा पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङ मौंन छन् । यसको खोजी उनले कहिल्यै गर्दैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै पोखरा १० भित्रका सार्वजनिक जमिन, कुलो र नहरको खोजी गर्नैपर्छ ।
जग्गा प्राप्ति ऐन २०३४ को व्यवस्था अनुसार पनि व्यक्तिको सहमति र मुआब्जा नदिईकन कसैको जमिन हडप्न पाईदैंन । यस विषयमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको भनाई राख्नका लागि सम्पर्क गर्दा फोन नै रिसिभ हुन सकेन । बाटो निर्माण गर्दा जनप्रतिनिधिहरुले अभिभावकको भूमिका निर्वाह गर्नुको साटो ससुराली घर जाने बाटो हो भन्दैमा छिमेकीमाथि जे पनि गर्ने, जग्गा प्लटिङ गर्ने दलालको ईशारामा चल्ने, सार्वजनिक नहर तथा कुलो मिच्ने र प्रतिशोध साँध्ने व्यक्तिहरुको चंगुलमा फसेर परिचालित हुने हो भने स्थिति सहमतितर्फ भन्दा विवादतर्फ झनै बढ्ने निश्चित छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप