News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

मनाङमा मस्र्याङ्दी नदीमा आएको बाढीले मच्चायो वितण्डा

'पुल, बैंक, नासो गाउँपालिकाको कार्यालय, होटल, सिमा प्रहरी चौकी भवन बाढीले सबै बगायो'

मनाङको नासों गाउँपालिकास्थित माथिल्लो धारापानी क्षेत्र । तस्बिर सौजन्यः सुरेन्द्र बराल

मनाङ । अविरल परेको बर्षाका कारण मनाङमा ठुलो क्षति पुगेको छ । मनाङको नासो गाउँपालिका वडा नं. ३ धारापानीमा मस्र्याङ्दी नदीमा आएको बाढी कारण थोचे ताचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासो गाउँपालिकाको कार्यालय भवन, यथलैया होटल, सिमा प्रहरी चौकी, धारापानीको भवन बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मानवीय क्षति हुनबाट समयमा नै जोगाउन सकिए पनि भौतिक क्षति कति भयो भनेर अझै भन्न सकिने अवस्था छैन । प्रजिअ लामिछानेका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले फोन गरेर यहाँको अवस्थाका बारेमा जानकारी लिदैं थप उद्धार तथा राहतको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गुर्नभएको छ ।

यतिबेला बाढीका कारण बिजुलीका पोलहरु ढल्दा मनाङमा विजुली छैन भने टेलिफोन सम्पर्क पनि विच्छेद भएको छ । पोखरा र काठमाडौंबाट राहत बोकेर आउन लागेका हेलिकोप्टरहरु खराब मौसमका कारण आउन नसकेको पनि प्रजिअ लामिछानेले जानकारी दिए ।