
१चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
३स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
४विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
५बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
६स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
७पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
८ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
११रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
पोखरा । अबिरल परेको बर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा क्षति पुगेको छ । मनाङ जिल्लाको नासो गाउँपालिका वडा नं. १ मा पर्ने तालगाउँमा मस्र्याङदी नदीमा आएको बाढीका कारण डुबानमा परेको छ । त्यहाँ रहेका ६० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार तीनसयजना स्थानीयवासीलाई कारागारको नयाँ निर्मित भवनमा सुरक्षित राखिएको छ । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार तालगाउँ पुरै डुबानमा परेको छ । मानवीय क्षति नभएको र ती गाउँलेहरुलाई सुरक्षित ठाउँमा सारिएको भएपनि अत्यावश्यक र आधारभूत कुराहरु पु¥याउन नसकिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
पाल र अन्य खाद्यान्न सहयोगका लागि लमजुङस्थित रेडक्रस सोसाईटीलाई गुहार मागिए पनि ठाउँ–ठाउँमा बाटो बाढीले बगाउँदा र पुर्दा टोली अझै पुग्न सकेको छैन । यता काठमाडौंबाट उद्धार र राहत सामाग्री बोकेर जाने तयारीमा रहेको हेलिकोप्टर अबिरल बर्षाका कारण उड्न नसकेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । मनाङमा यतिबेला विजुली समेत छैन भने टेलिफोन सेवा ठाउँ ठाउँमा अवरुद्ध भएको छ । मनाङमा बाढिका कारण भएको क्षतिको यकिन विवरण अझै आउन सकेको छैन ।
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रलाई जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले यी क्षेत्रहरुमा खतराको संकेत देखिएको भन्दै साईरन बजाएको थियो । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
खतराको साईरन बजे लगत्तै गण्डकी प्रदेशका सुरक्षा निकायहरु ‘हाई अलर्ट’मा रहेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालका अनुसार सुरक्षा निकायहरुलाई जोखिम क्षेत्रहरु वरपर ‘हाई अलर्ट’मा राखिएको छ । त्यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्याल कास्कीका प्रवक्ता एवं डिएसपी सुवास खड्काका अनुसार मनाङको सदरकुमाम चामेस्थित तातोपानी कुण्ड नजिकैको वस्तीमा समेत बाढी पसेको छ । बाढीले चामे गाउँपालिका वडा नं. १ तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोला मैं रहेको ३२ किलोवाटको स्याल्कयुखोला लघुजलविद्युत गृहमा पनि क्षति क्षति पु¥याएको छ ।
कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधिन सुपरमादी हाइड्रोपावरमा समेत बाढीले क्षति पु¥याएको छ । हाइड्रोपावर सञ्चालक धनराज आचार्यका अनुसार एक्साभेटर, लोडर, ठुलो जेनेटर, ४ ट्रक भन्दा बढि रडहरु लगायतका १५ करोड रुपैयाँ बराबरका सामाग्रीहरु बाढीले बगाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति