News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

जनमोर्चाका सांसद पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

'जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर'

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेश सभा सचिवालयको निर्णयलाई सर्वोच्चले सदर गरेको छ ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चाले गरेको कारवाही गर्दै साधारण सदस्य समेत नरहने गरी सांसद पदबाट बर्खास्त गरेको थियो । पार्टीको निर्णय विपरित सर्वोच्च पुगेका थापालाई पुनः थमौती दिएको थियो । त्यसपछि सर्वोच्चको निर्णय विरुद्ध जनमोर्चाले सर्वोच्चमा अर्को निवेदन दिएको थियो ।

अन्नतः सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको छ ।

प्रतिक्रिया