News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पत्रकार बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’

'शिक्षक खनालका स्मृतिमा पुरस्कार स्थापना, यही जेठ १३ गते प्रदान गरिने'

दमौली । ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित सो पुरस्कारको राशि पाँच हजार पाँचसय पचपन्न रुपैयाँ सहित सम्मानपत्र रहने छ ।

युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीका अध्यक्षतामा बसेको भर्चुअल बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  शिक्षक खनालका स्मृतिमा उहाँका छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ  सहयोग गर्नुभएको थियो । उहाँ नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री हुनुहुन्थ्यो ।

सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भए पनि  परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिनुभयो ।  युनियनका पूर्वजिल्ला अध्यक्ष बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरुआत गर्नुभएको थियो ।

राससको तत्कालीन क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा केन्द्रीय कार्यालयमा प्रमुख समाचारदाताका रुपमा उहाँले काम गरिसक्नुभएको छ ।  नेपाल पत्रकार महासङ्घ रासस शाखाका पूर्वअध्यक्ष  उहाँले रासस सञ्चालक समितिका सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ ।

प्रतिक्रिया