News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पूर्व राजा ज्ञानेन्द्र आक्रोशित

'देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन्'

काठमाडौं । देशलाई दुर्घटनातर्फ धकेल्न लागेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल (ट्वीर)मा पूर्वराजा ज्ञानेन्द्रले आक्रोश व्यक्त गर्दै लेखेका छन्–‘सत्ता र शक्तिका बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।’

पटक–पटक जनताको जनमतको अपमान गर्दै प्रतिनिधि सभा भङ्ग गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति पूर्वराजा ज्ञानेन्द्रले चिन्ता व्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले यस्तो विश्व महामारीको संकटका बेला जनदायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल सिर्जना गरी जनताको स्वास्थ्य जस्तो विषयमा गम्भिर नभएको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया