पोखरा । पत्रकार हरिबहादुर थापाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमलाई आधुनिक कोत पर्वको संज्ञा दिएका छन् । अढाई दशकदेखि पत्रकारितामा संलग्न इकागज अनलाईनका प्रधान सम्पादक थापाले सामाजिक सञ्जाल (ट्वीटर)मा लेखेका छन्–‘त्यो कालको मध्यरातकालीन कोत–पर्वमा भाइ–भारदार काटिन्थे । आधुनिक कोत–पर्वमा संविधान, संसद र लोकतन्त्र काटिदैंछन् ।’
राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरुद्ध सार्थक कलम चलाउने पत्रकार थापाले अगाडि लेख्छन्–‘त्यो कोतपर्वको मारमा १०४ वर्ष लामो जहाँनियाँ वंशज शासनको पीडा नेपालीले भोग्नुपर्यो । आधुनिक कोतपर्वमा चुकाउनु पर्ने मूल्यको फेहरिस्त लामै हुने निश्चित छ ।’