News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रतिगमन दोहोरियो : एमाले नेता नेपाल

'संविधानका मर्ममाथि प्रहार, सर्वसत्तावाद लाद्न कथित चुनावको उदघोष जालझेल हो'

काठमाडौँ । मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटन गर्दै चुनावको घोषणा गरेपछि नेकपा एमाले कैं वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिगमन दोहोरिएको अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

एमालेका नेता नेपालले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै षडयन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि संसदको चीरहरण गरिएको टिप्पणी गरेका छन् । नेता नेपालले यो व्यवस्था नै कू गर्ने अग्रसरतामा शीतल निवासले संविधानमाथि कुठाराघाट गरेको आरोप लगाए ।

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ,’ नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन्,’ प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’