News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

राम रानाभाटको संयोजकत्वमा भूकम्प पीडितलाई सहयोग

'भुलभुलेका भूकम्प पीडितलाई ७८ हजार पाँचसय रुपैयाँ सहयोग प्रदान'

पोखरा । बेगनास युवा क्लवका निवर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता राम रानाभाटको संयोजकत्वमा बिहीवार लमजुङको मस्र्याङ्दी गांउँपालिका वडा नं.३ भुलभुलेका भूकम्प पीडितलाई ७८ हजार पाँचसय रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

संयोजक रानाभाटसँगै सुरेन्द्रकुमार पुन, दुर्गाप्रसाद अधिकारी, चित्रबहादुर गुरुङ, हरि नेपाली, बिक्रम गुरुङ, सुरज सुवेदी, रोशन खनाल, रनबहादुर थापा, महेश पौडेल, प्रकाश बराल, निराजन बराल, गजेन्द्र रानाभाट, विश्व अधिकारी तथा राजन सापकोटा लगायतले आर्थिक सहयोग गरेका थिए ।

त्यस्तै वेगनास युवा क्लव, बेगनासताल महिला समूह, बेगनास युवा राहत कोष, सिड फाउन्डेसन, वेगनास डुंगा व्यवसायी, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको संयुक्त पहलमा उक्त रकम संकलन गरिएको संयोजक रानाभाटले जानकारी दिए । कोभिड संकटमा भूकम्पले पु¥याएको क्षति प्रति सहानुभूति प्रकट गर्दै उक्त सहयोग गरेको बेगनास युवा क्लवका पूर्वअध्यक्ष दुर्गा प्रसाद अधिकारीको भनाई थियो ।

संकलित रकम लमजुङ जिल्ला प्रहरी प्रमुख गंगाबहादुर थापा तथा सामाजिक व्यक्तित्व श्रीकृष्ण लामिछानेलाई शुक्रबार प्रदान गरिएको छ । भूकम्प पीडितलाई त्रिपाल तथा खाद्यान्न खरिद गर्नका लागि आर्थिक सहयोग गरिएको संयोजक रानाभाटले जानकारी दिए ।

बुधबार बिहान लमजुङको मस्र्याङ्दी वडा नं. ३ भुलभुलेलाई केन्द्र बिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प जाँदा विभिन्न ठाउँमा घर भत्किनुका साथै चारजना भन्दा बढी मानिसहरु घाईते भएका थिए ।