News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

कोरोना संक्रमणका कारण पत्रकार पौडेलको मृत्यु

'११ दिनदेखि उपचारारत पौडेलको आज विहान पाँच बजे निधन भएको हो'

पोखरा । कोरोना संक्रमणका कारण पत्रकार गणेश पौडेल (जगनाथ)को आज मृत्यु भएको छ । ४१ वर्षका पत्रकार पौडेलको ११ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचार भईरहेकोमा आज विहान पाँच बजे निधन भएको हो ।

२०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पौडेललाई काममा खटिईरहेको अवस्थामा नै कोरोना संक्रमण भएको थियो । पोखरा महानगरपालिका वडा नं. ३३ बाघमारा घर भएका पत्रकार पौडेलका आमा, श्रीमती र २ छोरा छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले एक शोक विज्ञप्ति जारी गर्दै पत्रकार पौडेलको निधनले पत्रकार महासंघ कास्की मर्माहत भएको उल्लेख गरेका छन् । शोक विज्ञप्तिमा पत्रकार पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

डनन्यूज ट्रेन्डिङ