News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य प्रमुख समाचार

लोकप्रिय गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, लगायत दर्जनौं लोकप्रिय गीतका स्रष्टा

काठमाडौं । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत दर्जनौं लोकप्रिय गीतका स्रष्टा वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज निधन भएको छ ।

अचानक मुटुमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना भएका ८५ वर्षीय प्रेमध्वजको आज दिउँसो साढे १ बजे निधन भएको हो । उनको आजै अन्तिम संस्कार गरिदैंछ ।

प्रतिक्रिया