News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

सरकारले टेरेन, धरौंटी तिर्दै छुट्दैछन् नेता तथा कार्यकर्ता

नेकपाका नेता माइला लामा २५ हजार रुपैयाँ धरौंटी बुझाएर बिहीबार थुनामुक्त

काठमाडौं । सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग गरेको कार्यान्वयन पालना गरेको छैन । ३ बुँदे सहमति गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध फुकुवा भए पनि अन्य सहमति भने सरकारले पालना गरेको छैन ।

सरकार र नेकपा बीच सहमति भएको महिनौं पछि जनयुद्धका चर्चित नेता तथा नेकपाका काठमाडौं उपत्यका बिशेष व्युरो इन्चार्ज माइला लामा जिल्ला अदालत संखुवासभामा २५ हजार रुपैयाँ धरौंटी बुझाएर बिहीबार थुनामुक्त भएका छन् ।

२०७६ साउन ५ गते पक्राउ परेका नेता लामालाई प्रहरीले एकपछि अर्को गर्दै झुटो मुद्दा लगाउँदै विभिन्न जिल्लाहरुमा पु¥याएको थियो । पछिल्लो समय संखुवासभामा पु¥याईएका नेता लामाले अन्य कार्यकर्ता नछुटेसम्म आफूले धरौटी नतिर्ने भन्दै बसिरहेका थिए । तर अदालतमा धरौटी बुझाईएकोले सोही पत्रका आधारमा लामालाई थुनामुक्त गरिएको थियो ।