News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

छात्रामाथि अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

'शिक्षकले शैक्षिक भ्रमण गएको बेलामा आफूहरुमाथि अभद्र व्यवहार गरेको छात्राको आरोप'

हेटौंडा । शैक्षिक भ्रमण गएका बेलामा छात्रामाथि अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । तीनजना छात्राले आफूमाथि अभद्र व्यवहार गरेको आरोप लगाएपछि भानु माध्यमिक विद्यालय मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का शिक्षक किरण पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शिक्षकले फागुन २९ गते शैक्षिक भ्रमण गएको बेलामा छात्राहरुले आफूमाथि अभद्र व्यवहार गरेको जोहरी दिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । पाण्डेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरिएको प्रवक्ता रिमालले बताए ।

प्रतिक्रिया