
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
पोखरा । सहिद तथा बेपत्ता योद्धा सन्नति फाउन्डेसनको संगिता बरालको अध्यक्षतामा गण्डकी प्रदेश कमिटी गठन भएको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा राजकुमार ढकाल, उपाध्यक्षमा नेहा गुरुङ, सचिवमा रविन आले मगर र कोषाध्यक्षमा कमल विक रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा सुस्मिता वस्ताकोटी, अनिता कुमाल, हेमलाल पौडेल, जमुना बस्नेत, युवराज भुसाल, दीपेन्द्र विक, कमल पाण्डे र अनिता विक रहेका छन् ।
गत चैत १ गते बसेको फाउण्डेसनको कार्यसमितिको बैठकले २१ सदस्यीय गण्डकी प्रदेश कमिटी गठन गरेको अध्यक्ष नवीनविष्णु पोख्रेल र महासचिव अटल आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महान सहिदहरुको सम्मान गर्दै जनयुद्ध र जनआन्दोलनको दौरान सहादत प्राप्त गर्नुभएका सहिद र वेपत्ताहरुको परिवारलाई सम्मान, सन्ततिहरुलाई शिक्षा, रोजगारी तथा स्वास्थ्यका अवसर उपलब्ध गराउनु पर्ने आवश्यकतालाई महसुस गर्दै सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनको स्थापना भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–‘नेपाललाई न्यायपूर्ण, सभ्य, सुसंस्कृत, वैज्ञानिक तथा समुन्नत मुलुकमा रुपान्तरण गर्ने महान् अभियान स्वरुप नेपाली भूमिमा १० वर्षको लामो जनयुद्ध चल्यो र त्यसक्रममा थुप्रै सपुतहरुले ज्यान गुमाउनु र वेपत्ता हुनुप¥र्यो ।’
‘उहाँहरुको बलिदानपूर्ण संघर्ष, त्याग, समर्पण र बलिदान कै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ’, विज्ञप्तिमा भनिएको छ–‘नेपाली जनताका हक अधिकारहरु संवैधानिक रुपमा स्थापित भएका छन् ।’
