
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
हेमन्त केसी
जाजरकोट । अर्थाभाव तथा लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क उपचार भएको छ । यहाँका पाठेघर खसेका १५ महिलाको उपचार सम्पन्न भएको हो । अर्थाभावका कारण नेपालगञ्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा कतिपयको अकालमै मृत्यु भएको घटना जाजरकोटका लागि नयाँ भने होइन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आयोजना र स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा भएको शिविरमा १५ महिलाले नयाँ जीवन पाएका हुन् । प्रतिष्ठानको आयोजनामा यसभन्दा पहिले तीनपटक यस्तो खालको शिविर भइसकेको छ ।
प्रतिष्ठानका सिनेट सदस्य सत्य पहाडीले जाजरकोटमा पाठेघर खस्ने महिलाको सङ्ख्या अत्यधिक रहेको भन्दै बर्सेनि यस्ता कार्यक्रम जाजरकोटमा गरिएको बताउनुभयो । “महिलाका समस्या कसैले बुझ्दैनन्, हामी महिला भएकै कारण त्यस्ता पीडा महसुस हुन्छ अनि जिल्लामा यस्ता खालका निःशुल्क कार्यक्रम गरिरहनुपर्छ”, पहाडीले भन्नुभयो । तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया सेवा सञ्चालन गरिएको थियो । “एक महिलाको पाठेघरको शल्यक्रिया गर्न मात्रै रु ६० देखि ९० हजारसम्म लाग्छ, जाजरकोटबाटै जिल्लाबाहिर जान गाडी भाडादेखि होटल खर्चसहित रु एक लाखभन्दा बढी खर्च जुटाउनुपथ्र्यो, जिल्लामै निःशुल्क शल्यक्रिया भएपछि लाखौँ रुपैयाँ जोगिएको छ, यस्तो अवसर कमै मात्रामा पाइन्छ”, डा सुबी बस्न्यातले भन्नुभयो । स्वास्थ्य शिविरमा ३५ वर्षदेखि ५५ वर्ष उमेरसम्मका महिलाको शल्यक्रिया गरिएको छ ।
“पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित थिएँ, लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेकी थिएँ न पटक–पटक गाउँघरमै पुग्ने स्वास्थ्यकर्मीलाई ? यस्ता समस्याले ग्रसित पार्दै गएपछि थला परेकी हुँ, यसपटक जिल्लामै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि शल्यक्रिया भएको छ”, छेडागाड नगरपालिका–१ बडावनकी सुन्तली बुढाथोकीले भन्नुभयो, “शल्यक्रियापछि स्वास्थ्य हलुङ्गो महसुस भएको छ, पाठेघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो अहिले सहज छ ।” उहाँले पूर्वशान्तिमन्त्री पहाडी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक टोलीलाई समेत धन्यवाद दिनुभयो ।
त्यस्तै जिल्लामै पाठेघरको शल्यक्रियापछि लामो समयदेखि ग्रसित नलगाड नगरपालिका–४ की मैसरी विक पनि खुशी भएको बताउनुभयो । उहाँको पनि आइतबार पाठेघरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार आएको उहाँले बताउनुभयो । गर्भवती अवस्थामा आराम नगर्ने, प्रसूतिपछि उचित स्याहार तथा आराम नगर्ने, कडा परिश्रम गर्ने, गह्रौँ भारी बोक्ने र चुरोट पिउनेलगायतका कारण पाठेघर खस्ने चिकित्सकको भनाइ छ ।
दुर्गम क्षेत्रका महिला योे समस्याबाट धेरै पीडित रहेको स्वास्थ्यकर्मी बताउँछन् । “पीडित महिला पति र सासू/ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । आफ्नो समस्या पतिलाई समेत व्यक्त गर्न नसक्ने कस्तो लाज, डर होला ?”, डा पुनले भन्नुभयो । पीडित महिला कतिले लाज र अवहेलना होला भन्ने डर, कतिले पतिले दोस्रो विवाह गर्लान् भन्ने डर, घरायसी काम कसले गर्ला भन्ने डर, चेतनाको कमी, बच्चाको स्याहारसुसार गर्न अप्ठ्यारो हुन्छ कि भन्ने डरलगायत कारणले यो समस्या लुकाउने गरेको पाइएको छ । कति थाहा पाएर शल्यक्रिया गर्न डराएर पनि पीडित बनेको डा बस्न्यातले बताउनुभयो । पीडित महिलाले भन्न नमान्दा पनि समस्या भएको हो ।
पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने डा बस्न्यातको भनाइ छ । अङ्ग बाहिर निस्केपछि फोहर तथा घर्षणले फुल्न गई सङ्क्रमण हुँदा शल्यक्रिया गर्नुपर्ने बाध्यता हुन्छ”, डा बस्त्यातले भन्नुभयो । जिल्लाको छेडागाड, नलगाड, बारेकोट, कुशे र शिवालय गाउँपालिकाका महिलामा यो समस्या बढी भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनिल पुनले बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन