News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

सरकार र प्रतिबन्धित नेकपा बिच तीन बुँदे सहमति

'भोलि प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने'

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिच तीन बुँदे सहमति भएको छ । सहमतिको विस्तृत विवरणसहित फागुन २१ गते भोलि दिनको २ बजे विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकारका तर्फबाट वार्ता संयोजक रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने सहमति भएको छ ।

त्यसैगरी, प्रतिबन्धित नेकपाले सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाईएको नेकपा माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषयहरुमा सहमति भएको हो ।

प्रतिक्रिया