
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
बागलुङ । विसं २०८० लाई ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो ।
यद्यपि ‘कालिका दर्शन वर्ष’ को औपचारिक घोषणा भने नयाँ वर्षका दिन आउँदो वैशाख १ गते गर्ने तयारी छ । मन्दिर गुठीका अध्यक्ष राजु खड्काका अनुसार विसं २०८० मा ५० लाख दर्शनार्थी/पर्यटक मन्दिरमा भित्र्याउने लक्ष्य लिइएको छ । “दुई वर्ष पूर्वाधार तयारी र प्रचारप्रसारको काम गर्छौँ”, उहाँले भन्नुभयो, “विसं २०८० मा बढीभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकलाई मन्दिरको दर्शन गराउने, घुमाउने योजना छ ।” मन्दिरलाई जोडेर जिल्लाका अन्य धार्मिक एवं पर्यटकीय सम्पदाको प्रवद्र्धन गरिने अध्यक्ष खड्काको भनाइ छ ।
सो वर्ष हरेक महिना जिल्लास्तरमा विशेष ढङ्गले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । त्यसका लागि स्थानीय तहदेखि राज्यका निकाय र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरिने गुठीले जनाएको छ । प्रवासी नेपाली र तिनका संस्थामार्फत दर्शन वर्षको प्रचारप्रचार विदेशमा गरिने अध्यक्ष खड्काले बताउनुभयो ।
दर्शन वर्षको कार्यक्रमिक खाका बनाउने काम अहिले भइरहेको जनाइएको छ । सोही वर्षदेखि कालिका मन्दिर परिसलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने पनि तयारी भइरहेको छ । विसं २०७९ सम्ममा प्लाष्टिकको प्रयोगलाई निरुत्साहित र न्यूनीकरण गर्दै जाने गुठीको योजना छ ।
‘कालिका दर्शन वर्ष’ ले जिल्लाको धार्मिकसँगै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । उहाँले बागलुङको पर्यटनलाई उकास्न कालिका दर्शन वर्ष जस्ता प्रवद्र्धनात्मक कार्यक्रमले टेवा पुर्याउने उल्लेख गर्नुभयो ।
सरकारद्वारा सूचीकृत पर्यटकीय गन्तव्यस्थलमा पर्ने कालिका भगवती मन्दिरमा बर्सेनि बडादशैँ र चैत्राष्टमी पर्वमा ठूलो मेला लाग्ने गर्छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । देशका विभिन्न भागदेखि भारतसम्मबाट यहाँ दर्शनार्थी आउँछन् ।
माघ र साउन महिनाबाहेक वर्षभरि नै मन्दिरमा भक्तजनको भीड लाग्छ । विसं १५९१ मा स्थापित सो मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी उठ्छ । बागलुङ नगरपालिका–१ मा पर्ने मन्दिरलाई विश्वसम्पदा सूचीमा पार्न पहल गरिए पनि त्यसले अझै साथर्कता पाएको छैन ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन