News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘गणतन्त्र र संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ’

'देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले त्यसलाई सच्याउनेमा आफू आशावादी'

लमजुङ बेँसीशहरमा बुधबार प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङद्वारा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै पूर्वमन्त्री तथा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ ।

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

नेकपा प्रचण्ड–माधव समूह लमजुङले आज बेंसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले त्यसलाई सच्याउनेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि सबै एकजुट हुनुको विकल्प छैन ।”

प्रतिक्रिया