
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
हिमांशु चौधरी र अजयकुमार साह
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००, २२० र १३२ केभी क्षमताको छ ।
नेपालमा विद्युत्को एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिङ विद्युत्गृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ जसबाट करिब ९०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ ।
हाल सञ्चालन रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो ढल्केवर सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरी परीक्षण सम्पन्न गरिसकिएको छ । सो सबस्टेशनलाई प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलताका रूपमा पनि लिइएको छ ।
यी संरचनाले गर्दा ढल्केवर सबस्टेशन मुलुकभित्र नै पूर्वपश्चिम विद्युत् आपूर्ति र भारतसँग व्यापारका लागि ठूलो केन्द्रसमेत बन्न पुगेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करीब एक हजार मेगावाट विद्युत् आयानिर्यातका लागि पूर्वाधार तयार भएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।
वर्षायाममा बढी भएका खण्डमा ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिने छ । कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडो याममा भारतबाट थप विद्युत् आयात गरी देशभित्रको माग धान्न आपूर्ति गर्न सकिन्छ । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्ने पूर्वाधार तयार भएको छ ।
खिम्ती–ढल्केवर २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी कामसमेत भइरहेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केवर पु¥याइने छ । ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भए पनि विद्युत् प्रवाहको संरचनाको अभावले त्यसलाई १३२ मा परिणत गरी प्रवाह भइरहेको छ ।
कूल १३ बिघा १४ कठ्ठा वर्ग मिटर क्षेत्रफलमा रहेको सबस्टेशनको डिजाइन र निर्माणको सुपरीवेक्षण नेपाली इञ्जिनीयरले गरेका छन् । सो सबस्टेशन भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ भने सोहीबमोजिम अरूण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले प्राप्त गर्ने निःशुल्क ऊर्जासबस्टेशनलाई प्राप्त हुने प्रावधान भएकाले सोबमोजिम थप विस्तार पनि भइरहेको छ ।
सो सबस्टेशनबाट नेपाल भारतबीचमा करीब एक हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र २२० केभीमा खिम्तीबाट आउने दुई फिडरमार्फत माथिल्लो तामाकोशीको विद्युत् आपूर्ति हुनेछ । त्यस्तै हेटौंडादेखि इनरवासम्म बन्दै गरेको ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि करीब दुई हजार मेगावाटसम्मको विद्युत् हेटांैडातर्फ र दुई हजार मेगावाटसम्मको विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने छ ।
सो ४०० र २२० केभी सबस्टेशन सन् २०१७ डिसेम्बर ८( २०७४ मङ्सिर २२) मा ठेक्का सम्झौता भई निर्माण भएको हो भने २०२० नोभेम्बर ११ (२०७६ कात्तिक २६ गते ) मा चार्ज भई हाल ४०० केभीमा चालु अवस्थामा आएको छ ।
सो आयोजना सम्पन्न गर्न करीब १७.७४ मिलियन अमेरिकी डलर र नेपाली रु २२ करोड गरी जम्मा करीब नेपाली रकम रू दुई अर्ब २० लगानी छ । त्यसैगरी २२० र १३२ केभीको कूल लागत करीब ६.९ मिलियन अमेरिकी डलर र नेपाली रु
२८ करोड छ जसमा बैंकको प्रसारण लाइन तथा सबस्टेशन गरी जम्मा १३८ मिलियन अमेरिकी डलर ऋण सहयोग छ ।
भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको छः प्रम
सो अवसरमा प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणमा सफलताको टुङ्गोले देशलाई झलमल्ल पार्न सकिने दृष्टान्त प्रस्तुत गरेको बताउनुभयो । “अब जति बिजुली चाहियो त्यसको आधार निर्माण भएको छ”, उहाँले भन्नुभयो । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर–मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत् परियोजनाको शुभारम्भ गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत् बेच्नेबारेमा गम्भीर छलफल भइरहेको बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले विसं २०७२ मा परिकल्पना गर्नुभएको योजनाले साकार रूप लिएको जनाउँदै अब उज्यालो नेपालको सपनासँगै ऊर्जा वृद्धि, आयातनिर्यात गरी आय स्रोत वृद्धि र आधुनिक नेपाल निर्माणको आधारभूमि तयार भएको छ भन्नुभयो । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सबैभन्दा बढी क्षमताको सबस्टेशनको निर्माण ऐतिहासिक उपलब्धि भएको बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन