
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
दिलकुमार लिम्बू
फुङलिङ। लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ले विभिन्न सङ्घसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ ।
हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो । हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रे विषयमा अध्ययन हुँदै आएको रेडपाण्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । कक्षा ६ र ७ मा पठनपाठन शुरुआत गरिएको हो । विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको उहाँले बताउनुभयो ।
ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार परिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ । सेंवा उच्च मावि, महेन्द्र आधारभूत विद्यालय, स्वस्वती उच्च माध्यमिक विद्यालय फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका–११ मयेम माध्यमिक विद्यालय र कञ्चजङ्घा उच्च माध्यमिक, यामफुदिन लक्ष्मी माध्यमिक विद्यालय मामखे शिद्धकुमारी आधारभूत विद्यालय गरी ताप्लेजुङमा सात विद्यालयमा २४३ विद्यार्थीले रातो हाब्रेको संरक्षण र महत्वसम्बन्धी अध्ययन गरिरहेका जनाइएको छ ।
इलामको माईजोगमाई गाउँपालिकाको ज्ञानोदय मावि र प्याङ मावि, सन्दकपुर गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय, प्रमोद मावि, श्याम्बल मावि र चन्द्रोदय मावि तथा इलाम नगरपालिकाको वाल्मीकि आधारभूत विद्यालयमा वातावरण संरक्षण शिक्षा पढाइ हँुदै आएको छ । कक्षा ६ को पुस्तकमा संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश गरिएको छ ।
कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानून, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका रहेका छन् । ती विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपाण्डा नेटवर्कले जनाएको छ । यसले हाब्रेको संरक्षणमा सहयोग पुग्ने सरोकारहरुको विश्वास छ ।
लोपोन्मुख रातो हाब्रेको संरक्षण विसं २०६३ देखि हुन थालेको हो । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब २०० को हाराहारीमा हाब्रे रहेको अनुमान गरिएको छ । इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले रातो हाब्रे संरक्षण गर्दै आएका छन् ।
रातो हाब्रे उच्च हिमाली तथा पहाडी क्षेत्रमा बसोवास गर्ने गर्दछ । विशेषगरी बाँसका पात र तामा खाने गर्दछ । शारीरिकरूपमा यो घरेलु बिरालोजस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ । रातो हाब्रे नेपाल, चीन, बर्मा, भूटानलगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको मञ्चका सचिव विवश केदेमले जानकारी दिनुभयो । दुई हजार ५०० को हाराहारीमा रातो हाब्रे रहेको अनुमान रहेको उहाँले बताउनुभयो ।
एक हजार ८०० देखि चार हजार ८०० मिटर उचाइका क्षेत्रमा पाइने गर्छ । खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रमा बासोवास गर्ने गर्दछ । हाब्रेको शरीर करिब एक मिटरसम्म लामो हुन्छ । यसको पुच्छर धेरै लामो हुन्छ । यसको लम्बाइ ६० सेन्टिमिटरसम्म हुने गर्दछ । भाले हाब्रे पोथीभन्दा केही ठूलो हुन्छ, भालेको तौल छ किलोसम्म हुन्छ भने पोथीको तौल साढे चार किलोसम्मको हुन्छन् । यसको शरीरको माथिल्लो भागमा रातो खैरो रङ लामा रौहरूले ढाकेको हुन्छ भने शरीरको तल्लो भुँडीपट्टिको भागमा काला रौले ढाकिएको हुन्छ । अनुहारमा भने सेतो रङको हुन्छ, आँखाको छेउछाउमा आँशुले भिजेको जस्तो कालो रौ हुन्छन् । पुच्छर लामो, झ्याङ्गिएको हुन्छ, जसमा पहेँलो, रातो रङका छवटा ब्याण्डहरू हुन गर्दछ । हिउँ जमेको चिसोबाट बचाउनका लागि पाइतालामा बाक्ला रौहरू बचाउने गर्छ ।
रातो हाब्रेले कस्तो व्यावहार गर्दछ त ?
रातो हाब्रे प्रायः रूखमा चढेर बस्ने गर्छ । एक रूखबाट अर्कोमा उफ्रेर जान सजिलै सक्छ । शत्रुबाट बच्नका लागि यो छिटो दौडन सक्छ । हाब्रेका मुख्य शत्रु भनेकै मानिस र हिउँ चितुवा हो । हाब्रेहरू खासगरी आफ्नो निश्चित आधार क्षेत्रमा समूहमा बस्ने गर्छन् । कहिलेकाहीँ एक्लै, कहिलेकाहीँ जोडी बनाएर र कहिलेकाहीँ परिवारमा समेत बस्ने गर्छन् । खासगरी यो जीव राति खाना खोज्न निस्कने गर्छ । यसले प्रायः निगालो, बाँस खाने गर्दछ । यसले एक दिनमा करिब दुई लाख बाँसका पात खान सक्ने अध्ययनले देखाएको छ । हाब्रे कस्तुरीको जस्तो गन्ध निकाल्ने गर्छ, जसबाट उसले आफ्ना साथी र आफ्नो आधार क्षेत्रको पहिचान र रक्षा गर्ने गर्छ ।
रातो हाब्रेले वर्षमा एकचोटि मात्रै बच्चा जन्माउने गर्छ । खासगरी डिसेम्बरदेखि मध्यफेब्रुअरी महिना नै हाब्रेले बच्चा जन्माउने मुख्य समय हो । करिब डेढ सय दिनको गर्भावस्थापछि पोथीले एकदेखि चारसम्म बच्चा जन्माउने गर्छ । जुन शिशु अन्धो हुन्छ र आँखा पूर्णत विकास भइसकेका हुँदैनन् । बच्चा जन्माउनुभन्दा केही दिनअघि हाब्रेले सुकेको घाँस, काठलगायतका वस्तु जम्मा गरेर रूखको प्वालमा गुँड बनाउने गर्छ । करिब एक महिनापछि मात्रै शिशु हाब्रेका आँखा पूर्णतः विकसित हुन्छन् । करिब बाह्र हप्ताको गुँड बसाइँपछि बच्चा हाब्रे बाहिर निस्किन्छ र आमासँगै हिँड्न थाल्छ । बच्चाले आठ महिनासम्म आमाको दूध खाने गर्छ । करिब १८ महिनापछि बच्चा हाब्रे प्रजननका लागि सक्षम बन्छ । हाब्रेको औषत आयु आठदेखि दश वर्षसम्म रहने गर्छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले रातो हाब्रेलाई सन् १९९६ देखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ । विभिन्न्न कारणले गर्दा हाब्रेको सङ्ख्या दिनानुदिन घटिरहेको छ । यसको प्राकृतिक बासस्थान निरन्तरको विनाश, निगालो र बाँसजन्य जङ्गल अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरीशिकारी, डढेलोलगायतका कारण हाब्रेका लागि चुनौती बनिरहेका छन् । तीव्ररूपमा भइरहेको वनजङ्गलको विनाश र अवैध चोरी–शिकारीको कारणले गर्दा हाब्रे सङ्कटमा परिरहेको छ । हाब्रेको शिकार निषेधित भए पनि तस्करले यसको लुकिछिपी शिकार गर्ने गर्छन् । हाब्रेको रौ र यसको रोमाञ्चक पुच्छर धेरै महत्वपूर्ण र मूल्यवान मानिन्छ । यसको पुच्छरबाट बनेको टोपी सौभाग्यको प्रतीक मान्ने संस्कार रहेको छ र त्यसलाई विवाह समारोहमा उपहार दिने चलन चीन तथा नेपालको उत्तरी भेगमा रहेको छ । नेपालले पनि हाब्रेलाई संरक्षित जीवको रूपमा सूचीकृत गरेको छ ।
सरकारको पछिल्लो सर्वेक्षणले रातो हाब्रे (रेडपाण्डा) २३ जिल्लामा पाइने यकिन भएको छ । रेडपाण्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेको पहिचान गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, सोलोखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा हाब्रेको उपस्थिति रहेको देखिएको छ । दुई हजार मिटरभन्दा बढी उचाइमा पाइने हाब्रे निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो । साइटिसको अनूसूची १ र आइयुसिएनको रातो किताबमा अति सङ्कटापन्न सूचीमा सुचीकृत छ ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर