
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
लमजुङ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने बताउनुभएको छ । सेनाको ब्यारेक निर्माणस्थल बेंसीशहर वडा नं २ श्रीस्वारामा बृहत् फलफूल वृक्षरोपण अभियानको आज शुरु गर्दै प्रधानसेनापति थापाले उक्त कुरा बताउनुभएको हो ।
प्रधानसेनापति थापाले नेपाल सरकारको समृद्धिको लक्ष्य हासिल गर्ने योजनामा साथ दिँदै प्रकृतिको संरक्षण, फलफूलखेती र व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले खेतबारी बाँझो राखेर विदेश जानुभन्दा यहीँको माटोमा मेहनत गरे उन्नति हासिल गर्न सकिने बताउनुभयो । प्रधानसेनापति थापासहितको टोलीले बेंसीशहर–२ को जर्गेनी सामुदायिक वनको उत्तरधारा र सोही वडाको बगालेगाउँमा निर्माणधीन नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रमासमेत वृक्षरोपण गरेको थियो ।
सोही अवसरमा प्रधानसेनापति थापाले निर्माणधीन व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको निरीक्षणसमेत गर्नुभएको थियो । फलफूल जोनका रुपमा विकास गर्न नेपाली सेना र स्थानीयवासीले आज १५ हजार ७५० वटा विभिन्न प्रकारका बिरुवा रोपेको श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाले नौ सार्वजनिक स्थान र चार सामुदायिक स्थानमा फलफूल तथा बहुउपयोगी बिरुवा रोपेको हो । नेपाली सेनाले १३ दशमलव ५५ किमी वर्गकिलोमिटर क्षेत्रमा २० प्रकारका विभिन्न फलफूल तथा बहुउपयोगी बिरुवा रोपेकामा सार्वजनिकतर्फ दुई हजार २२५, सामुदायिकतर्फ १० हजार ४३० र नेपाली सेनातर्फ तीन हजार ९५ बिरुवा रहेका छन् । सेनालाई स्थानीयवासी, सामुदाायिक वनका उपभोक्ता र सर्वसाधारण नागरिकले पनि उत्साहजनकरुपमा वृक्षरोपण अभियानमा साथ दिएका थिए । नेपाली सेनाको सहयोगमा १५ हजार ७५० वटा फलफूल तथा बहुउपयोगी बिरुवा रोपिएको हो ।
यस नगरपालिका वडा नं २ मा सेनाको ब्यारेक र व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्र रहेकाले वडा नं २ लाई फलफूल जोनका रुपमा विकास गर्न वृक्षरोपण गरिएको प्रमुख सेनानी थापाले बताउनुभयो ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर