
१चुनावी मैदानमा विप्लव
२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
३पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
४जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
८माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
९रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१०प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
काठमाडौँ । शहीद सप्ताह कार्यक्रमअन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिकमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जलि दिइएको छ । काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा उहाँहरुलाई प्राणदण्ड दिइएको स्थान शोभाभगवती विष्णुमती नदी किनारामा कामपाले गत वर्ष निर्माण सम्पन्न गरेको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो ।
सभामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउनुभयो । कामपा वडा नं १५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
हुकुमी शासनविरुद्ध काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएका आरोपमा १९९७ साल माघ १५ गते श्रेष्ठ र चन्दलाई शोभाभगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणाशासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो ।
विगत वर्ष झैँ यस वर्ष पनि कामपाले यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाइरहेको छ । राणाशासनको विरोध गरेको आरोपमा १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशम्शेरसहितको इजलासले श्रेष्ठ, चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र पूर्णनारायण प्रधान गरी पाँचजनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।
पछि पूर्णनारायणको सजायलाई आजीवन कैदमा परिवर्तन गरियो । कारागार सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु पचलीस्थित खरीबोट र माथेमालाई सिफल उकालो बकाइनाका रूपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीदोद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । विसं २०१२ देखि कामपाको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाउँदै आएको छ ।प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा काठमाडौँका विभिन्न स्थानमा शहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ ।
यसैबीच सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा जीवनोत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गते बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका संयोजकत्वमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समिति गठन गरेको हो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त