
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
गलकोट । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २२९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ ।
बागलुङमा ५९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनःनिर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोले क्षति पुर्याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५९० घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन् । साउनयता बाढीपहिरोबाट ३५ र चट्याङबाट दुई जनाको मृत्यु भएको थियो भने बाढी पहिरोमा अझै १७ हराइरहेका छन् । समितिले बाढी पहिरोमा बेपत्ता १७ जनालाई मृत्युसरह राहतसमेत उपलब्ध गराएको जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउनयता घटेका विपद्का घटनामा रु एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरिसकेको जनाएको छ । सोमध्ये सङ्घीय सरकारबाट प्राप्त रु ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २२९ घरलाई रु १८ लाख ८२ हजार ५०० राहत रकम हस्तान्तरण गरिसकिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले वेपत्ता भएका १७ जनाको परिवारलाई समेत अहिलेसम्म बाढी पहिरोमा खोजतलास गर्दा फेला नपरेका कारण गृह मन्त्रालयको निर्देशनानुसार मृत्यु समान राहत रकम हस्तान्तरण गरेको बताउनुभयो । यस्तै गण्डकी प्रदेश सरकारले समेत मृत्यु भएका ३७ र बेपत्ता भएका १७ जनाको परिवारलाई जम्मा रु २७ लाख ५० हजार रकम प्रदान गरिसकेको छ । यस्तै आंशिकरूपमा क्षति भएका २० घरलाई प्रदेश सरकारले रु १० हजारका दरले रु दुई लाख राहत वितरण गरेको छ ।
विपद् व्यवस्थापन समितिले बाढी पहिरोका कारण घरबास गुमेकाहरु अहिले आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसेको जनाएको छ । विपद्बाट साउनयता जिल्लाका १० वटै पालिकामा ५९० घरपरिवार विस्थापित भएको र उनीहरुको घर पुनःनिर्माण गर्न पारित गरी गृह मन्त्रालय पठाइसकेको प्रमुख जिल्ला अधिकारी न्यौपाने बताउनुभयो । गृह मन्त्रालयले बागलुङलाई सङ्कटग्रस्त क्षेत्रका रूपमा घोषण गरी पुनःनिर्माणको समेत काम थाल्न लागेको छ । बागलुङमा साउनयता घटेका विपद्का घटनामध्ये ढोरपाटनमा सबैभन्दा बढीको मृत्यु भएको थियो । ढोरपाटनको भूजीखोलामा आएको बाढीमा मात्रै २२ जनाको मृत्यु भएको थियो भने १६ बेपत्ता भएका थिए । यस्तै तमानखोला, निसीखोला र जैमिनी नगरपालिकासहित समग्र जिल्लामा विपद्का घटनामा वृद्धि भएका थिए ।
बाढी पहिरोका कारण घर, गोठ, विद्यालय, खेलमैदान, खानेपानी, खेतीयोग्य जमिन जोखिममा रहेकालाई स्थानीय तहबाट आएको सिफारिसका आधारमा विपद् व्यवस्थापन समिति, आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङ, भू तथा जलाधार कार्यालय पर्वतमा पुनःनिर्माण, पुनःस्थापना, मर्मतसम्भार तथा ग्याविन तार जालीका लागि सिफारिस गरिएको छ ।