
१मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
२प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
३लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
४बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
५चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
६रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
७पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
८नवनिर्वाचित सांसदहरूले लिए शपथ
९कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१०सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
११रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
१२सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
विजय रावत
खलङ्गा । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन थालेका छन् । यहाँ अन्नबाली उत्पादनका लागि कठिन हुने भिरालो जमीनदेखि अन्य पाखोबारी भएका जमीनमा पनि स्याउखेती गर्दा राम्रो उत्पादन हुने देखेर किसान यही खेतीमा लागेका छन् । यस्ता जमीनमा स्याउका बिरुवा लगाएका छन् भने अन्यत्र पनि स्याउखेतीको वातावरणका लागि उनीहरु लागिपरेका छन् ।
यहाँको तिला गाउँपालिका–१ का स्याउ किसान नरबहादुर रावत यो समयमा स्याउ बगैँचा काटछाँट तथा व्यवस्थापनमा आफू व्यस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पातेहल्ला फलफूल तथा स्याउ बगैँचा समूह गठन गरी कृषि विकास कार्यालय जुम्लामा विसं २०७२ मा दर्ता गरेर सो समूह स्याउखेतीका लागि लागेको हो ।”
अहिलेसम्म सो समूहका तर्फबाट पनि करीब दुई हजार स्याउका बिरुवा उत्पादन भएका र त्यस कार्यमा निरन्तर स्थानीय लागेका सो समूहका सचिव गोरीकला बस्नेतले बताउनुभयो । “समयमै स्याउ व्यवस्थापन नगरे स्याउ कम फल्छ स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत अरु केही पनि हुँदैन । समयमै स्याउ काँटछाँट गर्नुपर्ने भएकाले लागिएको छ”, सो समूहका स्याउ किसान रावतले बताउनुभयो । सो समूह मात्र होइन यतिखेर यस जिल्लाका अधिकांश स्थानका स्याउ किसान यसका लागि लागेका छन् ।
खासमा सो समूहले अरु पनि विभिन्न किसानलाई परिचालन गरेर बगैँचा काँटछाँटदेखि व्यवस्थापनमा लागिपरेको यहाँका स्याउ किसान बताउछन् । जिल्लामा खासगरी पुस महिनादेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । यस समयमा धेरैजसो यहाँका स्याउ किसानलाई प्रविधिक ज्ञान नहुँदा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा राम्रोसँग नलागेकाले आफूहरुले प्राविधिक सहयोग गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका कार्यालय प्रमुख नमराज भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुम्लाको स्याउको गुणस्तरलाई अन्तरराष्ट्रिय बजार र नेपाली बजारमा समेत स्थापित गर्न बागवानी अनुसन्धान केन्द्र राजिकोट कार्यालयको विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपरजोन कार्यालय जुम्लाको स्याउ विशेषज्ञ टोलीले यहाँको गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका स्याउ किसानका स्याउ बगैँचामै पुगेर आवश्यक प्राविधिक सहयोग गरिरहेका छन् ।”
स्याउ बगैँचा काँटछाँटदेिख स्याउ व्यवस्थापन गर्न सो विशेषज्ञ टोलीले यहाँका स्याउ किसान समूहदेखि स्याउ किसानलाई प्रविधिक ज्ञान सिकाएको कार्यालय प्रमख भण्डारीले बताउनुभयो । सो विशेषज्ञ टोलीले यहाँका स्याउ किसानलाई बगैँचा व्यवस्थपान र स्याउ काँटछाँट गर्न प्राविधिक तालिमसमेत दिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय जुम्लाले जनाएको छ ।
हाल जिल्लाभर सात लाख बिरुवा उत्पादन भए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइ जुम्लाको प्राविधिक मापदण्डभित्र रहेका गुणस्तर बिरुवा करीब तीन लाख ५० हजार मात्र रहेका बताइएको छ । स्याउका बिरुवा लगाउने किसानले स्याउ सुपरजोनको मापदण्डले तोकेका विरुवा मात्र लगाउन स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख भण्डारी सुझाव दिनुहुन्छ । स्याउ प्राविधिकको सल्लाहअनुसार गुणस्तरीय बिरुवा मात्र खरीद गरी स्याउ बगैँचामा लगाउन किसानलाई जानकारी दिइएको सो कार्यालयले जनाएको छ ।
यो वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात गरेसँगै बाहिरी जिल्लाबाट स्याउका बिरुवा खरीद गर्न नर्सरीमै स्याउ लगाउने किसानको भीड हुने गरेका हिमा गाउँपालिकाका स्याउ किसान गोपाल रोकायाले बताउनुभयो । यो याममा मात्र करीब छ हजार स्याउका विरुवा बेचेको सिञ्जा गाउँपालिकाका स्याउ किसान हंस कठायतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्याउका बिरुवा लिन कृषि विकास कार्यालय दाङको टोली गाडी लिएर आएको र नर्सरीबाटै छ हजार बिरुवा सो कार्यालयले दाङका लागि पठाएको स्याउ किसान रोकायाले बताउनुभयो ।” किसानले सबै बिरुवाको रकम नर्सरीमै नगदै पाएका छन् । रेड, रोयल र गोल्डेन जातको स्याउ जिल्ला बाहिर निर्यात भएको छ । स्याउका बिरुवा रोप्ने मौसम शुरु भएसँगै यहाँका स्थानीयवासी र जिल्ला बाहिरका किसान आउन थालेको यहाँका स्याउ नर्सरीका सञ्चालक बताउँछन् ।
नर्सरीमै रु ४० प्रतिबिरुवा बिक्री हुने गरेको यहाँका किसानहरु बताउँछन् । फाटफुट किन्दा प्रतिबिरुवा रु ५० पर्छ । निरोगी बिरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान यो याममा लागिपरेको हिमा गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
स्थानीय तहमै कृषि शाखा सञ्चालनमा आएदेखि स्याउखेतीमा आधुनिकीरणदेखि किसानलाई चाहिने सीपमूलक तालिमले यहाँका स्याउ किसानलाई राहत भएको तिला गाउँपालिका कृषि शाखाका प्राविधिक सरिता महतले बताउनुभयो । अर्गानिक मल खाद्य प्रयोग गरेर हुर्केका स्याउका बिरुवा किन्न व्यापरी गाउँमै पुग्ने गरेको यहाँका स्याउ नर्सरीका सञ्चालक बताउँछन् ।
जिल्ला बाहिरबाट आएको मागअनुसार सबै किसानले सल्लाह गरेर एकैपटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ । यो कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकारात्मक छ । हरेक वर्ष जुम्लादेखि स्याउका बिरुवा निर्यात हुने गरेको छ । यहाँ उत्पादित स्याउका बिरुवा तत्कालीन कर्णालीका पाँच जिल्ला, बझाङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेको जिल्लाका स्याउ किसान बताउँछन् ।
चिसो हावापानीमा निरोगी बिरुवा पाइने भएकाले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन् । हाल जिल्लामा ११० नर्स फार्म कृषि विकास कार्यालयका दर्ता भएका छन् । यीमध्ये करीब ८० नर्सरी धनीले सक्रियरुपमा बिरुवा उमारिरहेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।
स्याउका बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले किसानलाई सुझाव दिएका छन् । खाडल खन्दा एउटा स्याउको बिरुवादेखि अर्काे बिरुवासम्म कम्तीमा छ मिटरको दूरीमा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “एक–एक मिटर लम्बाइ, चौडाइ र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ ।
खाडल खन्दा माथिल्लो सतहको माटो एकतर्फ र तल्लो सतहको माटो अर्को तर्फ राख्नुपर्ने कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० किलोग्रामजति कम्पोष्ट मल, रासायनिक मल र माटो उपचार गर्ने विषादीहरु राम्रोसँग मिसाएर विरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।
सो कृषि शाखाले फागुनमा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दाअघि नै स्याउका बिरुवा लगाइसक्नुपर्ने जनाएका छन् । स्याउका बिरुवा रोप्दा पाकेको गोठे मलाई माटोसँग मिसाएर हाल्दा राम्रो हुन्छ । यसले स्याउखेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछीराम महतले बताउनुभयो । पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे २० हजार घरधुरी स्याउखेतीमा निर्भर छन् ।
जिल्लामा चार हजार २०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमध्ये करीब एक जार ६५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । सो परियोजना अहिले जिल्लाको चार स्थानीय तहमा लागू भएको छ । पाँच वर्षअघिदेखि स्याउको बीमा शुरु भए पनि जिल्लाभर एक हजार १४७ जनाको करीब ५० हजार स्याउ बिरुवाको बीमा गरेको शिखर बीमा कम्पनी जुम्लाका प्रमुख दीपदर्शन फडेराले बताउनुभयो ।
गत वर्ष जुम्लाबाट छ हजार ५०० मेट्रिकटन स्याउ निर्यात भएको थियो । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको तथ्याङ्क तोड्दै रु ३४ करोड १८ लाख ८० हजारको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७४/७५ मा रु १६ करोड र आव २०७५/७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले जनाएको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने