
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
हरि बास्तोला
गण्डकी । विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापित गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोनापीडित व्यवसायीलाई राहतस्वरुप तीन वर्षे अवधिका लागि रु ५० हजारदेखि १५ लाखसम्म शून्य ब्याजमा ऋण उपलब्ध गराउने भएको हो । प्रदेश सरकारले त्यसका लागि रु एक अर्बको कोष स्थापनासमेत गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव इन्दु घिमिरे र नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रमुख ईश्वरीप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोनाको कारण थला परेका पर्यटन, सार्वजनिक यातायातलगायतका व्यवसाय एवं साना तथा मझौला उद्योगको संरक्षणका लागि कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
“मुलुकमा कोरोना भाइरस रोगथामका लागि गरिएको बन्दाबन्दीको कारण दश महिनादेखि व्यवसाय ठप्प भएर मर्कामा परेका व्यवसायीको घाउमा मलम लगाउने काम कोषले गर्नेछ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “यस कार्यक्रमलाई सफल बनाउन गाउँपालिका, नगरपालिकालगायत सम्पूर्णको साथ र सहयोगको आवश्यक पर्दछ ।”
कोषले उत्पादनमा वृद्धि भई जनता र निजी क्षेत्रबीच विश्वास बढ्ने बताउँदै ऋणीले तिर्नुपर्ने ब्याज रकम प्रदेश सरकारले सम्बन्धित बैंकलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । लघु घरेलु तथा साना उद्यम व्यवसाय र साना पर्यटन व्यवसाय कर्जाका लागि न्यूनतम एक लाखदेखि १५ लाख रुपैयाँसम्म, साना यातायात व्यवसाय र सेवा व्यवसाय कर्जाका लागि ५० हजारदेखि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ ।
कर्जा लिन चाहने व्यक्ति गण्डकी प्रदेशभित्र नै व्यवसाय सञ्चालन गरेको हुनुपर्ने, बैंङक कसूर र कालोसूचीमा नपरेको, स्थायी लेखा नम्बर लिएको, गण्डकी प्रदेशका जुनसुकै स्थानीय तहमा एक वर्ष अघि दर्ता भएको हुनुपर्ने प्रभावधान सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
जिल्सी स्टक (मौज्दात) तथा उपकरण र इक्युमेण्ट वा सवारी साधन तथा अन्य यातायातका साधन वा घर जग्गा, सुन चाँदी, शेयरलाई घितोको रुपमा स्वीकार गर्दै धितोको प्रावधानलाई सरलीकृत गराउन सामूहिक वा व्यक्तिगत जवानीको समेत व्यवस्था गरिएको छ । कर्जाको अवधि तीन वर्षे रहने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
प्रदेशअन्तर्गत विभिन्न पालिकामा रहेका १८ वटा वाणिज्य बैंकका ४८० वटा शाखामध्ये जुनसुकै शाखाबाट पनि कर्जाको निवेदन दिन सकिने अन्य आवश्यक तयारी कार्यविधिमा उल्लेख गरिएको छ । कर्जाको साँवा भुक्तानी तालिका बैंक आपैmले ऋणिको आय र नगद प्रवाहको आधारमा तय गर्नसक्ने छन् । ऋणीले शुरुको छ महिना किस्ता तिर्न नपर्ने व्यवस्था मिलाइएको सचिव घिमिरेले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रमुख भट्टराईका अनुसार आवेदन दिएको अन्तिम मितिको २२ दिनभित्र निवेदकले ऋण पाउने वा नपाउने जानकारी प्राप्त गर्ने छन् । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्माले कोरोना भाइरसको मारमा परेका मजदूरले तलबको माग गर्दै र विभिन्न १८ वटा सङ्घसंस्थाले निब्र्याजी ऋणको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।
गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र पोख्रेल नेपालीले कार्यक्रमले प्रदेश सरकारलाई परिचित गराउन सफल हुने विश्वास व्यक्त गर्दै यसबाट बेरोजगार युवालाई रोजगार दिन सफल हुने बताउनुभयो । मुलुकका सातवटै प्रदेशमा निब्र्याजी रुपमा सञ्चालन गरिएको व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम पहिलो भएको गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो । अन्य प्रदेशमा कार्यक्रम सञ्चालन भए पनि व्यवसायीसँग न्यून रुपमा ब्याज लिने व्यवस्था गरिएको पाइएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए