
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद्र्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध सङ्घसंस्थासँग बृहत छलफल गरी भिसा प्रक्रिया सहज तुल्याई स्वास्थ्य मापदण्डलाई सरलीकरण गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको हो । विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तराष्ट्रिय बजारमा पर्यटनको नकारात्मक सन्देश जानसक्ने खतरा औँल्याउँदै बोर्डले यथाशीघ्र केही शर्तहरु पुनरावलोकन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।
व्यवसायीसँगको छलफल र सुझावपछि बोर्डले गरेको १२ बुँदे निर्णयमा हवाईमार्गबाट नेपाल भित्रिने यात्रुको हकमा हवाईयात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोभिड–१९ नेगेटिभ रिपोर्ट अनिवार्य भएको हुनुपर्ने तर पाँच वर्षमुनिका बालबालिकाको हकमा यो नियम लागू नहुने व्यवस्था गर्न भनिएको छ ।
भारतीयबाहेक अन्य मुलुकका यात्रुले नेपाल आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने, यात्रुको स्वाब सङ्कलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने र २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाइनुपर्ने उल्लेख छ ।
भारतीय नागरिकको हकमा नेपाल–भारत ट्राभल बबल सम्झौताअनुसार नियम यथावत राख्न सुझाइएको छ । भारतसँग जोडिएका सम्पूर्ण नाका खुला गरी स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुको लागि ९६ घण्टा अवधिमा गरिएको कोभिड नेगेटिभ रिपोर्ट भएको हुनुपर्ने छ । स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर नेपाल भित्रिने भारतीय यात्रुले यहाँ आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने तथा यात्रुको स्वाब सङ्कलन नेपाल आएको नाकाबाट नै हुने र २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
त्यसैगरी कोभिडको खोप लगाएका यात्रीको हकमा खोप सर्टिफिकेट उपलब्ध गरेको खण्डमा पिसिआर रिपोर्ट नचाहिने, कोभिडको पुनः नेपालमा पिसिआर परीक्षण गर्न नपर्ने र क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गर्न भनिएको छ । नेपालका सम्पूर्ण पर्यटकीय गन्तव्य तथा सम्पूर्ण गतिविधि (होटल, यात्रा, पदयात्रा, हाइकिङ, रेस्टुरेन्ट, स्पा, ¥याफ्टिङ, प्याराग्लाइडिङ, घरवास कार्यक्रम, साहसिक गतिविधि, पर्यटकीय सवारी साधन, पार्टी प्यालेस, रात्रिकालीनलगायत) गतिविधि पूर्णरूपमा तोकिएको मापदण्ड अपनाएर सञ्चालन गर्ने माग गरिएको छ ।
पर्यटकको सुविधाका लागि नेपालभित्र आवश्यकता महसुस गरेमा होटल र अस्पतालले सहकार्य गरी प्रत्येक प्रदेशमा कोभिड केयर सेन्टर सञ्चालन गर्न सक्ने, नेपाल भित्रिने सम्पूर्ण यात्रुहरुको अनिवार्य यात्रा बीमा गरिएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
त्यस्तै नेपाल भ्रमणमा आउने पर्यटकलाई प्रवेशाज्ञा सिफारिस सम्बन्धमा पालना गर्नुपर्ने शर्तहरुमा भ्रमण तालिका, आगमन मिति, यात्रा बीमा र पदयात्राको हकमा ट्रेकिङ कम्पनीले तयार पारेको यात्रा तालिकाको लागि अन्य शर्त यथावत नै रहने रहेको छ । भ्रमण र ¥याफ्टिङको हकमा एजेन्सीले तयार पारेको आइटीनरी, व्यक्तिगत यात्रुको हकमा होटल बुकिङ, पदयात्राको हकमा ट्रेकिङ कम्पनीको यात्रा तालिका, गाइड र पोर्टको सुनिश्चितता हुनुपर्नेछ । उल्लेखित प्रमाण उपलब्ध गरेको आधारमा अध्यागमन विभागले सोझै पर्यटक भिसा दिने व्यवस्था मिलाउन बोर्डले अनुरोध गरेको छ । विदेशी पर्यटकका लागि विद्यमान स्वास्थ्य मापदण्ड सरलीकरणका लागि बोर्डले दुई दिनअघि पर्यटन व्यवसायीसँग छलफल गरेको थियो । सोही आधारमा बोर्डले ‘भिजिटर प्रोटोकल’ बनाएको हो ।