
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
वासुदेव पौडेल
पोखरा । हिमाल आरोहणका दृष्टिबाट नेपालकै पहिलो प्रदेश भए पनि आरोहणका गतिविधि न्यून हुने गरेको गण्डकीमा पहिलोपटक संस्थागत हिमाल आरोहण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको आयोजनामा संस्थागतरुपमा धम्पुस पिक आरोहण गरिएको हो ।
कोरोना महामारीले सुस्ताएको पर्यटनलाई आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत पुनरोत्थान गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण सङ्घ (गण्डकी प्रदेश) को संयुक्त पहलमा दुई महिलासहित छ नेपालीको टोलीले मुस्ताङ जिल्लामा अवस्थित छ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण सङ्घको प्राविधिक सहयोगमा उनीहरूले सो पिक आरोहण गरेका हुन् । आरोहण दलका संयोजक जीवनराज सापकोटाका अनुसार हिजो माघ ३ गते बिहान ११ः४८ बजे छ जनाको टोली शिखरमा पुगेर नेपालको झण्डा फहराएको थियो । गत पुस २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोहीसहित नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (गण्डकी प्रदेश) का प्रतिनिधि, पर्यटन व्यवसायी र सञ्चारकर्मीसहितको २६ जनाको टोलीलाई नेपालको, गण्डकी प्रदेश सरकारको, नेपाल पर्यटन बोर्डको र नेपाल पर्वतारोहण सङ्घको झण्डा हस्तान्तरण गर्दै धम्पुस पिकको सफल आरोहणको शुभकामना दिनुभएको थियो ।
आरोहणमा सहभागीमध्ये टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दीपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की) र हीराकुमारी मल्ल (स्याङ्जा) ले सफल आरोहण गरेका छन् । आरोहण दलका संयोजक सापकोटाका अनुसार अत्यन्त तीव्र गतिको हावाका कारण अन्य पर्वतारोहीहरू भने शिखर नजीकै पुगेर पनि फर्कन बाध्य हुनुभएको थियो भने कान्तिपुर दैनिकका दीपक परियार लेक लागेका कारण आधार शिविरबाट फर्कनुभएको थियो ।
पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहे तापनि आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर नेपालीलाई पनि तुलनात्मकरुपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिकजस्ता धेरै हिमशिखरहरुको अरोहण गराउन सकिन्छ भन्ने सन्देश दिनका लागि संस्थागतरुपमा नै हिमाल आरोहण गराइएको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले बताउनुभयो ।
फ्रेन्च नागरिक मौरिस हर्जोगले सन् १९५० को जुन ३ मा गण्डकी प्रदेशमा अवस्थित आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेको भए तापनि हाल धेरै कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलामा रहेका शिखरहरुको आरोहण गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहीको रोजाइमा आठ हजार मिटरभन्दा अग्ला हिमालका अलावा नेपाल पर्वतारोहण सङ्घले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्यान्ड पिक, पिसाङ पिकहरु पर्दछन् । यीमध्ये मनाङ जिल्लाको पिसाङ पिक अन्नपूर्ण शृङ्खलामा पर्दछ भने अन्य पिकहरु सगरमाथा क्षेत्रमा पर्दछन् । आरोहणको जेठो हिमाल अन्नपूर्ण पहिलोसहितका धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले गति भने लिएको पाइँदैन ।
मौरिस हर्जाेगको टोली आरोहणमा जाँदा र आउँदा बसेका पोखरासहित गण्डकीका विभिन्न स्थान त्यसपछि मात्र पर्यटकीयरुपमा उपयोग हुन थालेका छन् । पछिल्लो समयमा गण्डकी प्रदेशले आफूलाई पर्यटनको राजधानीका रुपमा स्थापित गर्दै गएको छ । मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेसँगै बढ्दै गएको पर्यटकीय गतिविधि र त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएको पर्यटनका जानकार बताउँछन् ।
सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा गरेको पदयात्राले समग्र गण्डकी प्रदेशलाई हिमाल आरोहणका साथै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य पुष्टि गरेको थियो । हिमाल आरोहण र पदयात्रा पर्यटनको जगमा भएको हिप्पी पर्यटकको आगमनपछि पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि बिस्तारै फस्टाउन थालेको पाइन्छ ।
गण्डकी प्रदेशमा अन्नपूर्ण, धवलागिरि, मनास्लुजस्ता हिमशृङ्खला छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लमजुङ आदि हिमाल रहेका छन् । त्यस्तै गण्डकीकै धवलागिरि हिमशृङ्खलामा सात हजार मिटरभन्दा माथिका धवलागिरि पहिलोसहित दोस्रो, तेस्रो र चौथो, गुर्जा, चुरेनजस्ता हिमाल रहेका छन् । धवलागिरि शृङ्खलामा नै सीता चुचुरा हिमाल पर्दछ ।
गण्डकी प्रदेशभित्रकै मनास्लु हिमशृङ्खलामा मनास्लु, ङ्यादीचुली, हिमाल चुली, बौद्ध हिमाल आदि रहेका छन् । विभिन्न हिमशृङ्खलामा धेरै सङ्ख्यामा हिमाल समेटिए पनि यहाँका हिमालमा खासै आरोहण हुने गरेको छैन । हिमाल आरोहणको नेपाल सरकार पर्यटन विभाग र नेपाल पर्वतारोहण सङ्घले व्यवस्थापन गर्ने गर्दछन् ।
नेपाल पर्वतारोहण सङ्घले नेपालका विभिन्न २७ हिमालको आरोहणको व्यवस्थापन गर्दै आएकामा गण्डकीमा मात्रै छवटा हिमाल पर्दछन् । यसमध्ये चुलुइष्ट छ हजार ५८४ मिटरको उचाइमा छ भने सिन्गुचुली छ हजार ५०१, हिउँचुली छ हजार ४४१, चुलु बेष्ट छ हजार ४१९, लाक्र्या पिक छ हजार ४१६ र पिसाङ पिक छ हजार ९१ मिटर उचाइमा छन् । पछिल्ला समयमा पिसाङ पिक हिमाल आरोहणका लागि चर्चामा आउने गरेको छ । संस्थागतरुपमा धम्पुस पिकको सफल आरोहणसँगै आगामी दिनमा गण्डकी प्रदेशमा हिमाल आरोहणका गतिविधि बढ्ने विश्वास गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय