
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
बागलुङ । मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गर्नुभएको छ । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थाप्नुभएको हो ।
“बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्”, बुधबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा पुनले भन्नुभयो । उहाँले ३३ वर्षीय बहिनीको भविष्यलाई लिएर आफ्नो परिवार चिन्तामा परेको बताउनुभयो ।
डेढ वर्षअघि रोग पहिचान भएपछि बहिनीको उपचारका लागि पाल्पा, भैरहवा हुँदै पोखरासम्मका अस्पतालमा धाएको पुनले सुनाउनुभयो । सुशीलाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शुरुमा पाल्पाको मिसन अस्पतालमा १२ दिनसम्म राखेपछि चिकित्सकले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा रिफर गरेका थिए । पछि भैरहवामा पनि उपचार सम्भव नभएपछि पोखरा लगिएको पुनले बताउनुभयो । त्यतिञ्जेलसम्म उपचारमा सवा दुई लाख जति खर्च भइसकेको थियो ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार थालेको पनि झण्डै एक वर्ष हुन थालेको छ । गत वर्ष फागुनयता मिर्गौलाको नियमित डायलासिस भइरहेको छ । दुवै मिर्गौलाले काम नगरेपछि पेरिटोनियल विधिबाट दैनिक तीन पटक डायलासिस गर्नुपर्छ । डायलासिससहित उपचार र हेरचाहमा अहिले मासिक रु ३० हजार खर्च भइरहेको छ ।
“आठ लाखभन्दा बढी खर्च भइसक्यो, उपचार धान्नै नसक्ने अवस्था भयो, सामान्य खेतीकिसानी गरेर खाने परिवारलाई गाह्रो हुँदोरहेछ”, पुनले भन्नुभयो । उहाँले डायलासिसका लागि सरकारले दिने छुटबाहेक पनि उपचारमा धेरै खर्च भइरहेको बताउनुभयो । डायलासिस सेवा निःशुल्क दिने सरकारको नीति छ ।
मिर्गौलासम्बन्धी रोगमा लामो समयसम्म उपचार गर्नुपर्ने र महँगो पनि पर्ने हुँदा परिवारलाई अफ्ठेरो स्थिति आइलागेको पुनको भनाइ छ । सोचे जसरी सहायता जुटेमा सुशीलाको मिर्गौला प्रत्यारोपण गर्ने योजनामा पुन परिवार छ । प्रत्यारोपण नगरेमा भने जीवनभर डायलासिस गर्नुपर्ने हुन्छ । ‘सुशीला पुन उपचार सहयोग समिति’मार्फत आर्थिक सङ्कलन अभियान थालिएको बागलुङ नगरपालिका–९ का वडाध्यक्ष एवं मगर सङ्घ बागलुङका अध्यक्ष गणेश थापाले बताउनुभयो ।
उहाँले विपन्न व्यक्तिको उपचारमा स्वतःस्फूर्त सहयोग जुट्नेमा विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले स्थानीय तहदेखि राज्यका निकायबाट पनि सहयोग जुटाउन पहल गर्नुपर्ने बताउनुभयो । सत्र वर्षको उमेरमा विवाह गरेर डेढ वर्ष नहुँदै श्रीमान्सँग अलग्गिनुभएकी सुशीला अहिले माइतीकै संरक्षणमा हुनुहुन्छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’