
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
बागलुङ । मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गर्नुभएको छ । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थाप्नुभएको हो ।
“बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्”, बुधबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा पुनले भन्नुभयो । उहाँले ३३ वर्षीय बहिनीको भविष्यलाई लिएर आफ्नो परिवार चिन्तामा परेको बताउनुभयो ।
डेढ वर्षअघि रोग पहिचान भएपछि बहिनीको उपचारका लागि पाल्पा, भैरहवा हुँदै पोखरासम्मका अस्पतालमा धाएको पुनले सुनाउनुभयो । सुशीलाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शुरुमा पाल्पाको मिसन अस्पतालमा १२ दिनसम्म राखेपछि चिकित्सकले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा रिफर गरेका थिए । पछि भैरहवामा पनि उपचार सम्भव नभएपछि पोखरा लगिएको पुनले बताउनुभयो । त्यतिञ्जेलसम्म उपचारमा सवा दुई लाख जति खर्च भइसकेको थियो ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार थालेको पनि झण्डै एक वर्ष हुन थालेको छ । गत वर्ष फागुनयता मिर्गौलाको नियमित डायलासिस भइरहेको छ । दुवै मिर्गौलाले काम नगरेपछि पेरिटोनियल विधिबाट दैनिक तीन पटक डायलासिस गर्नुपर्छ । डायलासिससहित उपचार र हेरचाहमा अहिले मासिक रु ३० हजार खर्च भइरहेको छ ।
“आठ लाखभन्दा बढी खर्च भइसक्यो, उपचार धान्नै नसक्ने अवस्था भयो, सामान्य खेतीकिसानी गरेर खाने परिवारलाई गाह्रो हुँदोरहेछ”, पुनले भन्नुभयो । उहाँले डायलासिसका लागि सरकारले दिने छुटबाहेक पनि उपचारमा धेरै खर्च भइरहेको बताउनुभयो । डायलासिस सेवा निःशुल्क दिने सरकारको नीति छ ।
मिर्गौलासम्बन्धी रोगमा लामो समयसम्म उपचार गर्नुपर्ने र महँगो पनि पर्ने हुँदा परिवारलाई अफ्ठेरो स्थिति आइलागेको पुनको भनाइ छ । सोचे जसरी सहायता जुटेमा सुशीलाको मिर्गौला प्रत्यारोपण गर्ने योजनामा पुन परिवार छ । प्रत्यारोपण नगरेमा भने जीवनभर डायलासिस गर्नुपर्ने हुन्छ । ‘सुशीला पुन उपचार सहयोग समिति’मार्फत आर्थिक सङ्कलन अभियान थालिएको बागलुङ नगरपालिका–९ का वडाध्यक्ष एवं मगर सङ्घ बागलुङका अध्यक्ष गणेश थापाले बताउनुभयो ।
उहाँले विपन्न व्यक्तिको उपचारमा स्वतःस्फूर्त सहयोग जुट्नेमा विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले स्थानीय तहदेखि राज्यका निकायबाट पनि सहयोग जुटाउन पहल गर्नुपर्ने बताउनुभयो । सत्र वर्षको उमेरमा विवाह गरेर डेढ वर्ष नहुँदै श्रीमान्सँग अलग्गिनुभएकी सुशीला अहिले माइतीकै संरक्षणमा हुनुहुन्छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने