
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ । साहशिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जनाएको हो ।
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गत चैत पहिलो सातादेखि बन्द भएको घान्द्रुकका होटल र अन्नपूर्ण आधार शिविरको पदयात्रा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी खुला गर्न लागिएको बताइन्छ । सरकारले केही महिनाअघि पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेर देशका धेरैतिरका गन्तव्यमा चहलपहल शुरु भए पनि घान्द्रुक खुलाउँदा पर्यटकको आउँजाउँ बढ्ने र यसबाट गाउँमा सङ्क्रमणको सम्भावित जोखिम बढ्ने भएकाले हालसम्म बन्द गरिएकामा आगामी जनवरी १४(माघ १) देखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी खुला गर्ने निर्णय गरिएको समितिका अध्यक्ष किसम गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित हामी व्यवसायी मारमा पर्दै गयौँ । कोरोनाको त्राससँगै डराएर बसिरहँदा व्यवसाय पनि धरासायी हुने अवस्था आएपछि सबै खाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर खुलाउने निर्णय गरेका हौँ ।” समितिले सङ्क्रमण न्यूनीकरण र लक्षण देखिएका पाहुनालाई राख्नका लागि छुट्टै आइसोलेशनको व्यवस्था गरेको छ ।
पदयात्राका क्रममा पर्यटकलाई ज्वरो आएमा अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आइसोलेशन घरमा नर्सहरुको निगरानीमा राखिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । घान्द्रुक खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउँजाउँ गर्न सक्ने समितिले जनाएको छ । घान्द्रुकबाट पर्यटक छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सक्नेछन् ।
छोमरुङ गाउँभन्दा माथि अन्नपूर्ण आधार शिविरसम्म भने स्वदेशी तथा विदेशी पर्यटकलाई पिसिआर अनिवार्य गरिएको छोमरुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोरोनापछि बन्द भएका पर्यटकीय गन्तव्य खुला हुनु सकारात्मक रहेको बताउनुभयो । गण्डकी प्रदेशमा घान्द्रुकबाहेक अन्य सबै गन्तव्य खुला भइसकेको उहाँको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले लामो समय घान्द्रुक नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको बताउँदै कोरोनासँग जुध्दै पर्यटन क्षेत्रलाई पुनः सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप