
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
३‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
४जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
५नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
६विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
७अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
८स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
९जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१०नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
११‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
१२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
१०माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
११जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१२आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
वासुदेव पौडेल
पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित चार दिवशीय पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम ग्रामिण पर्यटनमा उत्साह जगाउँदै सकिएको छ ।
नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा गत शनिबारदेखि सुरु प्रवद्र्धनात्मक भ्रमण कोरोना कहरसँगै सुस्ताएको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।
भ्रमणका क्रममा कास्की, पर्वत र बाग्लुङमा सञ्चालित विभिन्न होमस्टेका साथै पर्यटकीय स्थलको अवलोकन एवम् अन्तरक्रिया गरिएको कार्यक्रम संयोजक एवम् भिटोफ नेपाल गण्डकी प्रदेशका उपाध्यष सूर्यनाथ पहारीले जानकारी दिनुभयो । पोखरादेखि ढोरपाटनसम्मको प्रवद्र्धनात्मक यात्रामा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको सहभागिता रहेको उहाँले जानकारी गराउनुभयो ।
नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत टोलीले मंगलबार पर्वतको मोदी गाउँपालिका वडा नं १ का लप्सीबोट सामूदायिक होमस्टे र भुकदेउराली नमूना गाउँ सामूदायिक होमस्टे एवम् कास्कीको धिताल ह्याङ्जाकोट सामूदायिक होमस्टेको प्रवद्र्धनात्मक भ्रमण गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत प्रवद्र्धन टोली होमस्टेमा पुगी सरोकारवालाबीच अन्तरक्रिया समेत गरेको छ । भुकदेउराली नमूना गाउँ सामूदायिक होमस्टेमा आयोजित अन्तरक्रियामा गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले प्रकृति र संस्कृतिले सम्पन्न भुकदेउराली प्रवद्र्धनको पर्खाइमा रहेको बताउनुभयो ।
भुकदेउराली लगायत आसपासका पर्यटकीय गन्तव्यको विकासलाई आँफूले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले सुन्दर गाउँहरूको पर्यटकीय विकासका लागि सरकारको चासो पुग्नुपर्ने बताउनुभयो । गाउँका सुन्दर संरचना जोगाउँदै बाटोघाटो लगायतका पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले भुकदेउराली लगायतका स्थानको धेरै पर्यटकीय सम्भावना रहेको बताउँदै यिनीहरूको प्रवद्र्धनलाई भिटोफले प्राथमिकतामा राखेको बताउनुभयो ।
भुकदेउराली सामूदायिक होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङले गाउँमा पूर्वाधार विकासका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीयले जागरुकता देखाएको बताउँदै राज्यले पूर्वाधार तथा विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेलले सुन्दर गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै पर्यटकीय विकास गर्ने कुरामा आँफूहरू सक्रिय बनेको बताउनुभयो ।
कार्यक्रममा होमस्टेका सचिव अन्तिम गुरुङ, टोल सुधार समितिका अध्यक्ष रामबहादुर गुरुङ, मोदी गाउँपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष भुलबहादुर पौडेल, पर्यटन व्यवसायी उदय सुवेदी लगायतले सुन्दर गाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भ्रमण टोलीले मंगलबार अन्नपूर्ण गाउँपालिका वडा नं ७ मा सञ्चालित काल्सी इको लज पुगी त्यहाँका सञ्चालक चित्रबहादुर गुरुङसँग पनि अन्तरक्रिया गरेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने