
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
वासुदेव पौडेल
पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित चार दिवशीय पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम ग्रामिण पर्यटनमा उत्साह जगाउँदै सकिएको छ ।
नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा गत शनिबारदेखि सुरु प्रवद्र्धनात्मक भ्रमण कोरोना कहरसँगै सुस्ताएको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।
भ्रमणका क्रममा कास्की, पर्वत र बाग्लुङमा सञ्चालित विभिन्न होमस्टेका साथै पर्यटकीय स्थलको अवलोकन एवम् अन्तरक्रिया गरिएको कार्यक्रम संयोजक एवम् भिटोफ नेपाल गण्डकी प्रदेशका उपाध्यष सूर्यनाथ पहारीले जानकारी दिनुभयो । पोखरादेखि ढोरपाटनसम्मको प्रवद्र्धनात्मक यात्रामा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको सहभागिता रहेको उहाँले जानकारी गराउनुभयो ।
नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत टोलीले मंगलबार पर्वतको मोदी गाउँपालिका वडा नं १ का लप्सीबोट सामूदायिक होमस्टे र भुकदेउराली नमूना गाउँ सामूदायिक होमस्टे एवम् कास्कीको धिताल ह्याङ्जाकोट सामूदायिक होमस्टेको प्रवद्र्धनात्मक भ्रमण गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत प्रवद्र्धन टोली होमस्टेमा पुगी सरोकारवालाबीच अन्तरक्रिया समेत गरेको छ । भुकदेउराली नमूना गाउँ सामूदायिक होमस्टेमा आयोजित अन्तरक्रियामा गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले प्रकृति र संस्कृतिले सम्पन्न भुकदेउराली प्रवद्र्धनको पर्खाइमा रहेको बताउनुभयो ।
भुकदेउराली लगायत आसपासका पर्यटकीय गन्तव्यको विकासलाई आँफूले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले सुन्दर गाउँहरूको पर्यटकीय विकासका लागि सरकारको चासो पुग्नुपर्ने बताउनुभयो । गाउँका सुन्दर संरचना जोगाउँदै बाटोघाटो लगायतका पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले भुकदेउराली लगायतका स्थानको धेरै पर्यटकीय सम्भावना रहेको बताउँदै यिनीहरूको प्रवद्र्धनलाई भिटोफले प्राथमिकतामा राखेको बताउनुभयो ।
भुकदेउराली सामूदायिक होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङले गाउँमा पूर्वाधार विकासका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीयले जागरुकता देखाएको बताउँदै राज्यले पूर्वाधार तथा विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेलले सुन्दर गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै पर्यटकीय विकास गर्ने कुरामा आँफूहरू सक्रिय बनेको बताउनुभयो ।
कार्यक्रममा होमस्टेका सचिव अन्तिम गुरुङ, टोल सुधार समितिका अध्यक्ष रामबहादुर गुरुङ, मोदी गाउँपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष भुलबहादुर पौडेल, पर्यटन व्यवसायी उदय सुवेदी लगायतले सुन्दर गाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भ्रमण टोलीले मंगलबार अन्नपूर्ण गाउँपालिका वडा नं ७ मा सञ्चालित काल्सी इको लज पुगी त्यहाँका सञ्चालक चित्रबहादुर गुरुङसँग पनि अन्तरक्रिया गरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन